ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 ब्राजिलमा एकै दिन १ हजार ६५७ जनाको कोभिड १९ सङ्क्रमणबाट निधन


एबीसी / संवाददाता
बैशाख ६, २०७८ सोमबार  २ : ०४ बजे

६ वैशाख :ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजार ६५७ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको बताइएको हो ।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख ७३ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ४२ हजार ९८० जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

पछि यहाँ कूल सङ्क्रमितको संख्या यहाँका १ करोड ३९ लाख ४३ हजार भन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको प्रकोप देखिएपछि यहाँका नागरिकमा सङ्क्रमण हुने र मृत्युको दर पनि बढिरहेको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो सङ्क्रमण हुने गरेको छ । त्यस्तै यहाँका सङ्क्रमितहरुमा पनि पहिले भन्दा धेरै नागरिकको ज्यान जाने गरेको पनि बताइएको छ ।

ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सङ्क्रमणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको छ । यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब पूरैजसो आइसियु र आकस्मिक कक्षहरु भरिएका पाइएको छ ।

यो वर्षको शुरुआतसँगै यहाँका नागरिकले कोरोनाको दोस्रो वेभको सङ्क्रमणको सामना गर्नु परिरहेको छ । यो वेभले यहाँको स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न गरिरहेको अधिकारीहरुले जनाएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

ट्रम्पको धम्की: अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com