ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिनका आलोचक नभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक : चिकित्सक


एबीसी / संवाददाता

मस्को, ५ वैशाख:
ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै १८ दिनदेखि अनशनरत रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको उहाँको एक रूसी चिकित्सकले ट्वीटरमार्फत् सार्वजनिक गरेको एक सन्देशमा उल्लेख गरिएको छ ।

उपचारमा ध्यान नदिइए जेलमा रहेका रुसी विपक्षी अभियानकर्मी एलेक्सी नभाल्नीको ‘केही दिनभित्र ज्यान जान सक्ने’ उहाँका चिकित्सकले बताउनुभएको छ ।

हालै गरिएका रगत परीक्षणका नतिजाले उहाँ हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्थाको शिकार हुन सक्ने देखाएको चिकित्सकहरूले बताएका हुन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहेका नभाल्नीको अवस्थालाई ‘पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त’ भन्नुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रअरी महिनामा जेल पठाइएको थियो ।

तत्काल नभाल्नीलाई हेर्ने अनुमति माग्दै उनकी निजी चिकित्सक डा. अनास्तासिआ भसिलिएभासहित चारजना चिकित्सकले कारागार अधिकारीहरूलाई पत्र लेख्नुभएको छ ।

डा. भसिलिएभाले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेको पत्रमा विज्ञहरूका अनुसार नभाल्नीको शरीरमा पोटासियमको मात्रा ‘जटिल मोडमा’ पुगेको उल्लेख गरिएको छ । यसका कारण उहाँलाई कुनै पनि समय मिर्गौलाको काम र मृटुको धडकनमा गम्भीर समस्या हुनसक्ने चिकित्सकहरूले बताएका छन् ।

रगतमा पोटासियमको तह प्रतिलिटर ६.० मिलिमोल्सभन्दा बढी भएपछि विरामीलाई तत्काल उपचार गराउनुपर्ने हुन्छ । तर नभाल्नीका वकिलहरूमार्फत् उपलब्ध गराइएको रगत परीक्षणको नतिजामा उहाँको रगतमा पोटासियमको तह प्रतिलिटर ७.१ रहेको जनाइएको छ ।

रगत परीक्षणका नतिजा र हालसालै विष दिइएको घटनालाई ध्यानमा राख्दै तत्काल नभाल्नीको स्वास्थ्य परीक्षण गर्न दिन चिकित्सकहरूले कारागार अधिकारीहरूलाई आग्रहसमेत गरेका छन् ।

सन् २०२० को अगस्ट महिनामा स्नायु प्रणालीलाई असर गर्ने विष दिइएकोमा ४४ वर्षीय नभाल्नीको झण्डै ज्यान गएको थियो । उक्त घटनामा राष्ट्रपति पुटिनको समेत सम्लग्नता रहेको नभाल्नीले दावी गर्दै आउनुभएको छ । तर रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले ती आरोप अस्वीकार गर्दै आएको छ ।

नभाल्नीकी श्रीमती युलिआले अमेरिकीसमाचारसंस्था एपीलाई दिएको जानकारीमा नभाल्नीले अनशन शुरू गरेयता उहाँको तौल नौ किलोभन्दा बढी घटेको र हाल ७६ किलोग्राम पुगेको उल्लेख छ । (एपी)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com