ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा मूल्य वृद्धि


एबीसी / संवाददाता
बैशाख ५, २०७८ आईतबार  ६ : ५४ बजे

काठमाडौं, ५ बैशाख । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रवार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो ।

निगमका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको हो । हिजो मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ ।

आन्तरिक उडानतर्फको हवाई इन्धनको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि हुँदा प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्यवृद्धि गरिएको छैन ।

निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजेलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ४१७।४७ पैसा घाटा रहेको छ । त्यस आधारमा १५ दिनमा ७० करोड ६६ लाख रुपैयाँ घाटा हुनेछ ।

निमगका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजेल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com