ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण


एबीसी / संवाददाता
बैशाख ४, २०७८ शनिबार  १२ : ५१ बजे

काठमाडौं, ४ बैशाख।  भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका नागरिकमा कोरोना सङ्क्रमण बढ्ने क्रम देखिएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएको र यहाँका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले कोरोना रोकथामका लागि खासै उल्लेख्य कदम चाल्न नसकेको भन्दै स्थानीयवासीमा त्रास उत्पन्न हुन थालेको दिपायल सिलगढी नगरपालिका–४ का वीरबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट काम गरी फर्किने नागरिकमा कोरोना देखिँदै छ, रोकथामका लागि खासै पहल भएको छैन, त्रास नभए के हुनु ।”

जिल्लाका स्थानीय तहले भारतबाट घर फर्किएका नागरिकलाई राख्नका लागि क्वारेन्टिनसमेत निर्माण नगरेकाले उनीहरु सिधै आ–आफ्ना घर जान थालेको बताइएको छ । नागरिक सिधै गाउँ पस्न थालेका कारण यहाँका गाउँघरमा कोरोना सङ्क्रमण बढ्दै जाने तथा पछि गएर कोरोनाले महामारीको रुप लिन सक्नेभन्दा यहाँका गाउँघरमा रहेका नागरिकमा त्रास उत्पन्न हुन थालेको हो । यहाँको स्थानीय प्रशासनले भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकलाई अनिवार्य १५ दिन क्वारेन्टिन राख्नुपर्ने निर्णय गरेको भए पनि उक्त निर्णयको पालना नहुँदा झनै समस्या भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com