ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव पक्षले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै प्रशिक्षणका दुई महिने कार्यक्रम सञ्चालन गर्ने


एबीसी / संवाददाता

काठमाडौं, २१ चैत्र ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन आह्वान गरेको छ । शनिबार काठमाडौंमा बसेको बैठकले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला पछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्केकोेले २०७५ साल जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्ष ओलीलाई आह्वान गरेको हो ।

बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले भन्नुभयो ‘फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला दुवै पार्टीहरुलाई पूर्ववत अवस्थामा फर्कनको निम्ति निर्देशन दिएको छ अदालतले त्यो अनुसार नै जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन हामीले पार्टी अध्यक्षलाई समेत आह्वान गरेका छौं ।’

बैठकले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै प्रशिक्षणका दुई महिने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि नेता भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘आगामी दुई महिनाको लागि देशभर पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ । यो अभियानको मुल नारा ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मुल नारा तय भएको छ र दुई महिना व्यापक अभियान चल्नेछ ।’

यस्तै बैठकले चैत्र ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणापत्रलाई पूर्ण रुप दिएको छ । उक्त अवधारणापत्रलाई प्रकाशित गरि पार्टीगत रुपमा देशभर वितरण गरिने नेता भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘चैत्र ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणपत्र ९प्रतिवेदन०मा राष्ट्रिय भेलामा आएका सुझाव र अहिले स्थायी कमिटी र केन्द्रीय कमिटीका सुझाव र अहिले स्थायी कमिटी र केन्द्रीय कमिटीका कमरेडहरुबाट प्राप्त सुझावलाई समेत समावेस गरिकन यसलाई अन्तिम रुप दिएको छ । अब यो प्रकाशित भएर पार्टीव्यापी रुपमा वितरणमा जानेछ ।’

यस्तै पार्टीमा उत्पन्न भएको अन्तरविरोधको राजनीतिक, सैद्धन्तिक, साङ्गठनिक र कार्यसैलिगत भिन्नताको पक्षलाई समेटेर प्रशिक्षण सामग्री बनाई पार्टीव्यापी रुपमा देशभर प्रशिक्षणको लागि वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ । नेता भट्टराईले भन्नुभयो ‘पार्टीमा उत्पन्न भएको अन्तरविरोध यसको राजनीतिक पक्ष, सैद्धान्तिक पक्ष, यसको वैचारिक पक्ष, संगठनात्मक पक्ष साथै पार्टीभित्र देखिएका कार्यसैलिगत भिन्नताहरु ल्गायतका विषयहरुमा हामीले उठाउँदै आएका मुद्दाहरुलाई समग्रमा समेटेर प्रशिक्षण सामग्री बनाइने छ र त्यसलाई पनि प्रकाशित गरेर पार्टीव्यापी रुपमा प्रशिक्षणको निम्ति पठाइने छ ।’

बैठकले २०७५ साल जेठ २ गते कायम भएका कमिटीहरुलाई पनुरसञ्चालन गर्ने र आवस्यकता अनुसार गठन, पुनरगठन गरी देशभर प्रशिक्षण अभियान चलाउने निर्णय पनि गरेको छ । यसका निम्ति केन्द्रीय कमिटीका सदस्यहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा तोकेर जिल्ला पठाउने निर्णय पनि बैठकले गरेको छ ।

बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनको एकताका लागि ध्यान दिदै देशव्यापी रुपमा कार्यक्रमहरु गरी मनाउने र काठमाडौंमा भव्य कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै बैशाख १३ गते मनमोहन अधिकारीको स्मृति दिवस देशव्यापी रुपमा मनाउने र विराटनगरमा केन्द्रीय स्तरको कार्यक्रम गर्ने भएको छ । जेठ ३ गते मदन आस्रित स्मृति दिवसलाई पनि एकताकै शिलशिलामा जोडने र चितवनमा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com