ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपडा पसलमा काम लगाईदिने भन्दै, यौनजन्य कार्यमा लगाउने ५ जना पक्राउ


एबीसी / संवाददाता
चैत्र १९, २०७७ बिहीबार  १२ : ३२ बजे

काठमाडौं, १९ चैत्र । किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीया मिना थापा मगर र काठमाडौं गगालफेदीका ४७ वर्षीय राजकुमार सुनार छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आफ्नी १८ वर्षकी छोरीलाई कपडा पसलमा काम लगाईदिने भन्दै सुहानाले लगेको र श्यामकुमारसँग मिलेर जवरजस्ती यौनजज्य कार्य गर्न लगाएको भन्दै बुधबार उजुरी परेको थियो । त्यसआधारमा प्रहरीले सुहाना र श्यामकुमारलाई पक्राउ गर्नुका साथै उनीहरुले बालिका तथा किशारीहरुलाई राख्न माकलबारीमा लिएको फ्याटमा छापा मार्‍यो । त्यहाँ युवतीहरुलाई खान बस्न मिल्ने व्यवस्थाका साथै गर्भ निरोधक अस्थायी साधनहरु पनि बरामद भएको प्रहरीले जनाएको छ ।

पीडित किशोरीलाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजलमा पुर्‍याएर जवरजस्ती करणी भएको भन्दै प्रहरीले होटल सञ्चालक प्रकाश ढुंगेल र मुना थापा मगरका साथै राजकुमार सुनारलाई पनि पक्राउ गरेको छ । अनुसन्धानका क्रममा सुहानाले आर्थिक अवस्था कमजोर भएका बालिका तथा युवतीहरुलाई कपडा पसल लगायतमा काम लगाउने प्रलोभन देखाएर श्यामकुमार कहाँ पुर्‍याउने गरेको पाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार श्यामले भने किशोरीहरको तस्वीर तस्वीर होटल सञ्चालहरुलाई तस्वीर पठाउने र ग्राहकसँग मोलमोलाई गरेर यौनजन्य कार्य गर्न लगाएको पाइएको छ । १६ वर्षीया किशोरी भने उनीहरुलाई झुक्याएर भाग्न सफल भएपछि अभिभावकले उजुरी दिएको महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जनाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

सम्बन्धित

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com