ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेहेगाउँमा भेटिएका दुई बम सेनाद्वारा निष्क्रिय


एबीसी / संवाददाता
चैत्र १६, २०७७ सोमबार  ७ : ४८ बजे

काठमाडौं, १ ६ चैत्र । हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेकोे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गाउँका पुराना घर पुनःनिर्माण गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा एक सुतली बम र एक सकेट बम भेटिएको थियो । उक्त बमसँगै पुरानो जनादेश पत्रिका पनि भेटिएकाले उक्त बम तत्कालीन माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

बमसँगै राखिएको जनादेश पत्रिका विसं २०६१ चैत २ गतेको भएकाले बम पनि सोही समयमा राखिएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुई घरको आडमा बम र पत्रिका एउटै प्लाष्टिकले बेरेर राखिएको अवस्थामा फेला परेको ठेहे प्रहरी चौकीले जनाएको छ ।

ठेहेका तुला रावल र लोग भण्डारीको घरको बीच भागमा भेटिएको बमका बारेमा प्रहरीले गरेको सूचनाका आधारमा आइतबार सिमकोटबाट खटिएको नेपाली सेनाका सुवेदार केदार थापा नेतृत्वको टोलीले बम भेटिएको स्थानबाट करिब ५०० मिटर टाढाको खोलामा लगेर डिस्पोज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com