ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना महामारीको दोस्रो र तेस्रो लहर सुरु : कुन देशको अवस्था कस्तो , भारतले खोप निर्यात रोक्यो ?


एबीसी / संवाददाता
चैत्र १२, २०७७ बिहीबार  ८ : ४० बजे

काठमाडौं, १२ चैत । अमेरिका, ब्राजिल, भारत, टर्की, इटली, जर्मनी, पोल्याण्डलगायत देशहरुमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । यी देशहरुमा कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाविरुद्धको खोप लगाउन सुरु भए पनि यी देशहरुमा भने कोरोना सङ्क्रमणको दर उच्च भएको हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सङ्क्रमित थपिएका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा ८२ हजार ८१८ जना सङ्क्रमित थपिएका छन् । योसँगै ब्राजिलमा सङ्क्रमितको सङ्ख्या १ करोड २२ लाख १९ हजारभन्दा धेरैे भएको छ । यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ८ सय ३२ जनाको ज्यान गएको छ । योसँगै ब्राजिलमा ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ६ सय ७५ भन्दा धेरै भएको छ ।

यस्तै कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ६४ हजार १ सय ४१ जना सङ्क्रमित थपिएका छन् । योसँगै अमेरिकामा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ७ लाखभन्दा धेरै भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ८६ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या ५ लाख ५८ हजार २ सय ३ पुगेको छ ।

यस्तै छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार ४ सय १९ भन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड १७ लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा २४९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६० हजार ६ सय नाघेको छ । सन् २०२१ पछि भारतमा सङ्क्रमण बढ्दै गएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा टर्कीमा २९ हजार ७ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने १४६ जनाको ज्यान गएको छ । टर्कीमा अहिलेसम्म ३० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् भने ३० हजार ४ सयभन्दा धेरैे व्यक्तिको ज्यान गएको छ ।

यस्तै पोल्याण्डमा पनि कोरोना सङ्क्रमित अस्वाभाविक रुपमा बढिरहेको छ । पोल्याण्डमा पछिल्लो २४ घण्टामा झण्डै ३० हजार सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २१ लाख २० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा पोल्याण्डमा ५७५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५० हजार ३ सय ४० नाघेको छ ।

यस्तै इटलीमा पछिल्लो २४ घण्टामा २१ हजार २ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । ज्यान गुमाउनेको सङ्ख्या ४६० जना थपिएसँगै १ लाख ६ हजार नाघेको छ ।

भारतले खोप निर्यात रोक्यो

अस्वाभाविक रुपमा सङ्क्रमण फैलिरहेको भारतमा कोरोनाविरुद्धको खोप अभाव हुने आँकलनसहित भारतले तत्कालका लागि कोरोनाविरुद्धको कोभिसिल्ड खोप निर्यातमा रोक लगाएको छ । त्यहाँको विदेश मन्त्रालयकाअनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले आफ्नै देशभित्र माग बढ्ने भन्दै खोप निर्यातमा रोक लगाइएको हो ।

सरकारी अधिकारीहरुले यसलाई समयअनुसारको निर्णय भनेर प्रतिक्रिया दिएका छन् । भारतले खोप निर्यातमा रोक लगाएसँगै विश्वमा नै खोप वितरणमा समस्या पर्ने देखिएको छ । कोभ्याक्समार्फत गरिब तथा विपन्न देशमा पुर्याइने खोप अभियान प्रभावित हुने छन् ।

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा भइरहेको कोभ्याक्स योजनाले सबै देशमा खोपको सुनिश्चितता गर्ने उदेश्य राखेको छ । तर, खोप निर्यातमा रोक लागेसँगै कोभ्याक्सको योजनामा परेका १९० देशमा खोप पुर्याउन कठिनाइ हुनेछ । भारतले अहिलेसम्म ७६ देशमा झण्डै ६ करोड डोज खोप पठाएको छ ।

ताजा जानकारीको लागि

https://www.worldometers.info/coronavirus/

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com