ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ लहरको सम्भावना उच्च : संक्रमण बढेमा लकडाउन


एबीसी / संवाददाता

काठमाडौं, १२ चैत । कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह गरेको छ । काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मेला, महोत्सव र भीडभाड नगर्न तथा मास्क अनिवार्य लगाउन आग्रह गरेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर सार्वजनिक स्थलमा हिँडडुल गर्दा मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही हुने चेतावनी दिएका छन् । यस्तै होली पर्वलाई घरभित्रै सीमित गर्न आग्रह गरिएको छ ।

भीडभाड हुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्यलगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन पनि प्रशासन कार्यालयले अनुरोध गरेका छन् । ललितपुरमा रात्रिकालीन व्यवसायहरू राति ११ बजेपछि सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको छ ।नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन सरकारले सबैसँग आग्रह गरेको छ । भारतमा नयाँ भेरिएन्टसहित नयाँ लहर देखा पर्नु र नेपालमा पनि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दै जानुले नयाँ लहरको सम्भावना उच्च रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण फैलिने जोखिम रहेको भन्दै फागु पूर्णिमा अर्थात् होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । बुधवार नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सङ्क्रमणको अवस्था बढेमा लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै होली मनाउँदा भेला नभइ घरपरिवारमा सीमित गर्न आग्रह गर्नुभयो।

उहाँले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताउनुभयो । लकडाउन गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ र सङ्क्रमणलाई भयावह रुपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छु, उहाँले भन्नुभयो । भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले सङ्क्रमणको दर बिस्तारै बढ्दै गएको छु, उहाँले भन्नुभयो । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या कमी आएको तर सङ्क्रमण जोखिम कम नभएको उहाँको भनाइ छ ।

यस्तै गृह मन्त्रालयले पनि सबै जिल्ला प्रकाशन कार्यालयलाई जमघट रोक्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर भीडभाड नगर्न आग्रह गरेपछि त्यहीअनुसार भीडभाड हुने र धेरै मानिस जमघट हुने कार्यक्रम बन्द गराउन भनेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो । समूहमा होली पर्व मनाउने, अरू भेला गरेमा प्रहरीले कारबाही गर्ने पनि उहाँले बताउनुभयो । नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा १४५ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौं, उपत्यकामा ६३ जनामा कोरोनाको भाइरस थप भएको छ । भक्तपुरमा दुई, ललितपुरमा आठ र काठमाण्डौ जिल्लामा ५३ जना सङ्क्रमित भएका छन् । यस्तै, ९० जना सङ्क्रमित निको भएका छन् । अहिलेसम्म दुई लाख ७२ हजार १८७ जना निको भएका छन् ।मन्त्रालयका अनुसार अहिले एक हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले अहिले ६३ जना क्वरेण्टीनमा रहेको जनाएको छ । अहिले निको हुने दर ९८ दशमलव ६ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा एक जनाको ज्यान गएको छ । अहिलेसम्म तीन हजार २० जनाको कोरोनाबाट ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com