ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहमा पूँजिगत खर्च गर्ने क्षमतामा बढाउने गरी बजेट विनियोजन गरिने – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
चैत्र ११, २०७७ बुधबार  ६ : १३ बजे

काठमाडौँ, ११ चैत्र ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पूँजिगत खर्च गर्ने क्षमतामा बढाउने गरी बजेट विनियोजन गरिने बताउनुभएको छ । बुधबार नेपाल नगरपालिका संघको २८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूँजिगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीको रुपमा रहेको बताउनुभयो । पूँजिगत खर्च गर्ने क्षमता भएकाहरुले पनि खर्च गर्न नसकेको अवस्थामा क्षमता नभएको ठाउँमा धेरै बजेट दिदा खर्च कम देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बजेटमा ७० प्रतिशत भनेको के गर्नुहुन्छ ? ७० प्रतिशत ओढ्ने, ओच्छ्याउने हो र ? वस्तुत्ः हेर्नुहुन्छ भने प्रशासनिक खर्च बाहेक विकासको त सबै कुरा हुने त्यहीँबाट नै हो । त्यहीँ जान्छ सबै । जहाँसुकै पनि पूँजिगत खर्च,  खर्च गर्ने क्षमताको कमी यो राष्ट्रिय कमजोरी हो हाम्रो । क्षमता भएको ठाउँमा त पूँजिगत खर्च नभएर बेहाल छ भने क्षमता नभएका ठाउँमा पूँजिगत खर्च झन गाह्रो हुन्छ । त्यसकारण त्यो पूँजिगत खर्च हुनेगरी हामी विनियोजन गर्छौ । पूँजिगत खर्च नहुनेगरी कतै थुपार्ने कतै केही गर्ने भन्ने केन्द्र सरकारको सोँच होइन । म साथीहरुलाई स्पष्ट भन्न चाहान्छु त्यस्तो सोच हुनै सक्दैन । थुपारेर राखेर, फ्रिज गराएर के अर्थ छ र ?’

प्रधानमन्त्री ओलीले स्थानीय तहहरुलाई अधिकार दिन नहिच्किचाएको पनि स्पष्ट पार्नुभयो । स्थानीय तहले आफ्नो क्षमतालाई बढाउनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभयो । उहाँले भन्नुभयो ‘स्थानीय तहलाई अधिकार सम्पन्न नबनाए कसलाई अधिकार सम्पन्न बनाउने ? स्थानीय तहले घरमा लगेर त्यो अधिकार गाई भैसीलाई खुवाउने हो र ? त्यहाँ देश विकासका लागि, जनताका लागि खर्च गर्छन् नी । त्यसकारण त्यो अधिकार दिन हिच्किचाउनुपर्ने कुनै कारण छैन । खाली के भने क्यापिसिटी विल्डिङको स्थितिमा अलिकती हामीले तालमेल मिलाउनुपर्छ । त्यो विकास गर्दै जानुपर्छ ।’

प्रदेश सरकार र स्थानीय तहले केन्द्र सरकारले जस्तै सबै कुरा गर्न खोज्न नहुने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रदेश सरकार र स्थानीय तहले सरकार भनेपछि केन्द्र सरकार जस्तै हो भन्ने भ्रम पनि राख्ननहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले कतिपय कुराहरु पालिकाहरुमा एकरुपताका साथ गर्नुपर्ने बताउनुभयो । पालिकाहरुबीच भिन्नता नआइ समान ढंगले काम हुनुपर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले चैत्र १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्न शुरु गर्ने जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com