ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्र लाई अदालतको फैसलाको पुनरावलोकनमा जान कानून व्यवसायीहरुको सुझाव


एबीसी / संवाददाता

काठमाडौं, १० चैत्र  । कानून व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)लाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएका छन् ।

मंगलबार नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कानून व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एकीकरणलाई बदर गर्दै पूर्ववत् रुपमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)लाई ब्युताइदिएको अदालतको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएका हुन् ।

समसामयिक राजनीतिको सम्बन्धमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा पनि कानून व्यवासयीहरुसँग सुझाव मागिएको राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘अविश्वासको प्रस्ताव कसरी दर्ता हुनसक्छ ? समर्थन फिर्ता कसरी हुनसक्छ ? सरकार धारा ७६ को २ को हो, यसको हैसियत अहिले के हुन्छ ? प्रधानमन्त्रीले विश्वास/अविश्वासको मत कसरी लिनुहुन्छ ? राजनीतिक कोर्स कता जान्छ ? २३ गतेको फैसलामा कसरी पुनरावलोकन गर्ने भन्ने बारेमा छलफल भयो । हामीले पुनरावलोकन गर्न उपयुक्त छ । पुनरावलोकन नै यसको प्रमुख उपाय हो । पुनरावलोकनबाट सर्वोच्च अदालतको फैसला करेक्सन हुन्छ भनेर पुनरावलोकन गर्न एकमतले पार्टीलाई सुझाव दिएका छौँ ।’

नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देव गुरुङले अदालतको फैसलाको पुनरावलोकनमा जान कानून व्यवसायीहरुको सुझाव रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘पुनरावलोकनमा जानुपर्छ भन्ने  मा हामी सकारात्मक नै छौं । तयारी नै छौं । यसको बढीमा ६० दिनको म्याद हो । त्यो अवधिभरमा हामी पुनरावलोकनमा जाने भन्ने कुरा नै छ । पुनरावलोकनमा जाँदाखेरी अझ सबैको सरसल्लाह, परामर्शहरु लिएर अझ परपक्व ढंगले नै जान पाउँदा राम्रो हुन्थ्यो भन्ने रहेको छ । त्यसकारण पुनरावलोकन गर्ने कुरा नै रहेको छ ।’

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चाहिरहेकाले त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा समेत कानून व्यवसायीहरुसँग छलफल भएको नेता गुरुङ्ले बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीज्यू पटक पटक संसद भङ्ग गर्ने कुरा गरिरहनुभएको छ । त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमै छ । कसरी सदनको रक्षा गर्न सकिन्छ ? संविधानको फलो गर्न त तयार हुनुभएन, सर्वोच्च अदालतको आदेशलाई पनि उहाँ फलो गर्न तयार हुनुभएन । यो अवस्थामा कसरी संसदको रक्षा गर्ने ? संविधानको कसरी रक्षा गर्ने ? भन्ने चुनौती उठेको छ । यस्तो अवस्थामा के गरी जाँदा यो सदनको रक्षा गर्न सकिन्छ भन्ने विषयमा कानून व्यवसायी साथिहरुसँग कानूनी परामर्शको कुरा रहेको थियो ।’

कानून व्यवसायीहरुले सर्वोच्च अदालतको फैसलाका कारणपनि प्रधानमन्त्री ओलीलाई संसद भङ्ग गर्ने ठाउँ नभएको भन्दै संसद र संविधानको रक्षाका निम्ति राजनीतिक दलहरुले राजनीतिक रुपमै पहलकदमी लिनुपर्ने सुझाव दिएको नेता गुरुङले बताउनुभयो । राजनीतिक दलहरुबीच सहमति खोज्नुपर्ने सुझाव कानून व्यवसायीहरुले दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com