ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्मनिर्भरता बन्दै सुदुरपश्चिमका महिला


admin
पुस ५, २०७४ बुधबार   २ : २७   बजे

कञ्चनपुर, ५ पुस । बेलडाँडी गाउँपालिका–१ का महिला आत्मनिर्भर हुन थालेका छन् ।

घर खर्चका लागि श्रीमान्कै मुख ताक्ने महिला सृजनशील बचत तथा ऋण सहकारी संस्था झलारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रममा आबद्ध भई बचत गर्न थालेका छन् । उनीहरु व्यावसायिक कृषि, पशुपालन, बैदेशिक रोजगार, लघु उद्यम, साना उद्योग, हस्तकलाका सामग्री निर्माण र व्यापार व्यवसायमा संलग्न हुन थालेका छन् ।

महिला विभिन्न समूहमा आबद्ध भई रकम बचत गरी सोही रकम ऋणका रुपमा परिचालन गरी आम्दानी गर्न थालेका छन् । सिद्धनाथ समूहमा आबद्ध सकुन्तला साउद लघुवित्त कार्यक्रममार्फत गठन भएको समूहले ऋण दिन थालेकाले घरमै बसी बसी आम्दानी गर्न सहज भएको बताउनुहुन्छ ।

सरस्वती साउदले ऋण निकालेर श्रीमान्लाई वैदेशिक रोजगारमा पठाउनुभएको छ । समूहबाट रु ७० हजार र आफूसँग रहेको रु २० रकम खर्चेर श्रीमान्लाई विदेश पठाएको उहाँले बताउनुभयो । उहाँले वैदेशिक रोजगारबाट कमाएको पैसा किस्ताका रुपमा समूहमा जम्मा गर्दैआउनुभएको छ ।

बेलडाँडी गाउँपालिका– ४ का आरती केसीले समूहबाट रकम निकाली छोराका लागि कुखुरा फार्म सञ्चालन गर्नुभएको छ । सोही गाउँपालिका–२ चन्दबस्तीकी जैमती पाण्डेयले बचत गर्दै आएको समूहबाट रु एक लाख ऋण झिकेर खाजा पसल सञ्चालन गर्नुभएको छ । घरमै बसी बसी आम्दानी हुन थालेपछि महिलाको दैनिकी फेरिएको छ ।

समूहमा बचत गर्दै आएका महिलामध्ये धेरैले शैक्षिक कर्जासमेत लिएका छन् । समूहबाट ऋण लिएर भैँसी खरिद गरेका महिलाले नजिकैको चवन्नी बजारमा दैनिक दूध बेचेर आम्दानी लिँदै आएका छन् । लघु वित्त कार्यक्रम सञ्चालन गर्दै आएको सहकारी संस्थाका कार्यकारी प्रमुख मदन भट्टका अनुसार सहकारीले दैजी, बेलडाँडी, बेलौरी र वाणीमा शाखा कार्यालय सञ्चालन गरी लघु वित्त कार्यक्रमअन्तर्गत २०२ केन्द्रमा ८७८ वटा विपन्न समुदाय र आर्थिक रुपमा पछाडि परेका महिलाका समूह गठन गरिएकमाके छ । गठित समूहमा तीन हजार ५१३ महिला आबद्ध छन् ।

समूहमा आबद्धमध्ये एक हजार ६५२ महिलाले समूहबाट ऋण निकाली आयआर्जका कार्यक्रम सञ्चलन गरेका छन् । रु १० करोड १४ लाख ६८ हजार रकम लगानी गरिएको भट्टले बताउनुभयो । व्यवसायको प्रकृतिका आधारमा समूहमा आबद्ध महिलालाई रु ५० हजारदेखि रु एक लाखसम्म ऋण उपलब्ध गराइँदै आएको छ । समूहमा आबद्ध महिलाले रु एक करोड १९ लाख ६३ हजार ३४० रकम बचत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सुरु हुँदै फुटबल महाकुम्भ

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group