ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गर्भवती युवतीलाई बलात्कारपछि हत्याको प्रयास गरेको अभियोगमा प्रहरी जवान पक्राउ


एबीसी / संवाददाता
चैत्र ८, २०७७ आईतबार  ९ : ४८ बजे

बुटवल, ८ चैत्र । रुपन्देहीको तिलोत्तमामा एक प्रहरी जवानमाथि बलात्कारपछि हत्याको प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी जवानविरुद्ध तिलोत्तमा–११ की अन्दाजी १९ वर्षीया युवतीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको छ।

नवलपरासी जर्गास्थित जनपथ प्रहरीका प्रहरी जवान सुरेश कठारिया (थारु)लाई घटनामा संलग्न भएको आरोप लागेको हो। पीडित युवतीको अभिभावकको किटानी जाहेरीका आधारमा प्रहरीले कठारियालाई पक्राउ गरिसकेको छ। कानुन बमोजिम जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा जाहेरी परेको र जाहेरीकै आधारमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका नायव प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । अन्दाजी २२ वर्षे प्रहरी जवान कठारियाले शनिवार बिहान करिब ५ बजेको समयमा युवतीलाई बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने प्रयास गरेको आरोप छ।

प्रहरी नायव उपरीक्षक राठौरले भन्नुभयो , ‘युवतीको घाँटीमा झोलाको फिताले कसेर लतार्दै जंगलमा फ्याँकिएको रहेछ, बेहोस भइसकेपछि युवकले मर्‍यो भन्ने ठानेर त्यसै छोडेर फरार भयो, पछि युवती आफैँ उठेर अचेत अवस्थामा हिँडिरहेको देखेपछि स्थानीयले उद्धार गरे।’ घटनाबारे जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपित पक्राउ परेका छन्। पीडित युवतीलाई रुपन्देहीकै एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अस्पतालमा रहेकी युवतिकी आमाले छोरीको पेटमा ४ हप्ताको बच्चा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com