ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कनकाई नगरको बजेट सार्वजनिक, नगरलाई भष्ट्राचार मुक्त र समृद्ध बनाउने लक्ष्य


admin

(कनकाई नगरको सुरुङगाको एक तस्बिर)

काठमाडौं, ५ पुस । कनकाई नगरको आव २०७४-०७५ को बजेट सार्वजनिक गरिएको छ । कनकाई नगरलाई भष्ट्रचार मुक्त र समृद्ध नगर बनाइने उदेश्यका साथ बजेट सार्वजनिक गरिएको हो । कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कुल रु ४० करोड २६ लाख ५५ हजारको बजेट मंगलबार सार्वजनिक गर्नुभएको हो ।

नेपाल सरकारबाट नगरपालिकालाई वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड नेपाल, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, संघ प्रदेश तथा जिल्ला समन्वय समितिबाट थप हुनसक्ने अनुदानका साथै कनकाइ नगरपालिकाको आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त हुन सक्ने रकम समावेश गरी बजेट सार्वजनिक गरिएको छ ।

यसमध्ये चालु खर्च रु तीन करोड ४६ लाख ५० हजार र पूँजीगततर्फ रु २० करोड ९० लाख पाँच हजार रहेको छ । उल्लेखित चालु खर्चको रकममा सामाजिक सुरक्षा भत्ता तथा शिक्षा र स्वास्थ्यतर्फको अन्य सशर्त अनुदान रकम नजोडिएको बताइएको छ ।

कुल पूँजीगत खर्चमध्ये कृषि तथा पशुपालन क्षेत्रमा रु ६४ लाख ३० हजार, भौतिक पूर्वाधार विकासतर्फ रु आठ करोड ३२ लाख, लक्षित वर्ग कार्यक्रमतर्फ रु एक करोड ५० लाख, स्वास्थ्यतर्फ ३० लाख, शिक्षातर्फ रु ३६ लाख ५० हजार, उद्योग स्थापनातर्फ रु एक करोड, विपद् व्यवस्थापनतर्फ रु ७० लाख, पर्यटनतर्फ रु ९६ लाख ५० हजार, नदी नियन्त्रणतर्फ रु एक करोड २० लाख, विद्युत् विस्तारका लागि रु एक करोड १० लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com