ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कनकाई नगरको बजेट सार्वजनिक, नगरलाई भष्ट्राचार मुक्त र समृद्ध बनाउने लक्ष्य


admin
पुस ५, २०७४ बुधबार   १२ : ३२   बजे
(कनकाई नगरको सुरुङगाको एक तस्बिर)

काठमाडौं, ५ पुस । कनकाई नगरको आव २०७४-०७५ को बजेट सार्वजनिक गरिएको छ । कनकाई नगरलाई भष्ट्रचार मुक्त र समृद्ध नगर बनाइने उदेश्यका साथ बजेट सार्वजनिक गरिएको हो । कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कुल रु ४० करोड २६ लाख ५५ हजारको बजेट मंगलबार सार्वजनिक गर्नुभएको हो ।

नेपाल सरकारबाट नगरपालिकालाई वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड नेपाल, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, संघ प्रदेश तथा जिल्ला समन्वय समितिबाट थप हुनसक्ने अनुदानका साथै कनकाइ नगरपालिकाको आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त हुन सक्ने रकम समावेश गरी बजेट सार्वजनिक गरिएको छ ।

यसमध्ये चालु खर्च रु तीन करोड ४६ लाख ५० हजार र पूँजीगततर्फ रु २० करोड ९० लाख पाँच हजार रहेको छ । उल्लेखित चालु खर्चको रकममा सामाजिक सुरक्षा भत्ता तथा शिक्षा र स्वास्थ्यतर्फको अन्य सशर्त अनुदान रकम नजोडिएको बताइएको छ ।

कुल पूँजीगत खर्चमध्ये कृषि तथा पशुपालन क्षेत्रमा रु ६४ लाख ३० हजार, भौतिक पूर्वाधार विकासतर्फ रु आठ करोड ३२ लाख, लक्षित वर्ग कार्यक्रमतर्फ रु एक करोड ५० लाख, स्वास्थ्यतर्फ ३० लाख, शिक्षातर्फ रु ३६ लाख ५० हजार, उद्योग स्थापनातर्फ रु एक करोड, विपद् व्यवस्थापनतर्फ रु ७० लाख, पर्यटनतर्फ रु ९६ लाख ५० हजार, नदी नियन्त्रणतर्फ रु एक करोड २० लाख, विद्युत् विस्तारका लागि रु एक करोड १० लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सुरु हुँदै फुटबल महाकुम्भ

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group