
काठमाडौं, ४ पुस । २०७२ सालमा गएको भूकम्पमा ज्यान गुमाएका व्यक्ति र परिवारको सम्झनामा आजबाट रसुवामा ‘नेपाल पदयात्रा’ सुरु गरिएको छ । पदयात्रामा ७० जना भिक्षु भिक्ष्ँणी र एक सय ५० जना नेपाली तथा विदेशीको सहभागिता रहेने छ ।
गोङ्ग डुक्पा एसोसियसन नेपाल र लिभ टु लभ इन्टरनेशनलले आयोजना गरेको नेपाल पदयात्रा कार्यक्रम आगामी पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।
रसुवाको उत्तरगया गाउपालिकाको मैलुङबाट सुरु गरिएको पदयात्रा तिरु, ठुलोहाकु, गत्लाङ, गोङ्गाङ, थुमन टिमुरे हुदै स्याफ्रुमा आएर टुङ्गिने छ । भूकम्प गएको साल नेपाल पदयात्रा सिन्धुपाल्चोकमा सञ्चालन गरिएको थियो ।







प्रतिक्रिया दिनुहोस्