ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छादी झरना पर्यटकको पर्खाइमा


admin
पुस ३, २०७४ सोमबार  २ : ३१ बजे

पाल्पा, ३ पुस। पाल्पा जिल्लाको रामपुर नगरपालिका–१ खटाङगस्थित पर्यटक आकर्षणको गन्तव्य रहेको छादी झरना अझै पनि ओझेलमा रहेको छ ।

स्थानीय बासिन्दाको पहल नहुनु र प्रचारप्रसारको अभावले पर्यटकीय गन्तव्यका रुपमा महत्व बोकेको यस झरना जिल्ला तहमा समेत प्रचार हुन सकेको छैन । सय मिटरभन्दा माथिबाट झरनामा पानी झरिरहेको दृश्यले सबैको मन लालयित बनाउन सफल रहेको झरना अझै ओझेलमा रहेको हो ।

चमेरा प्रजातिको स्तनधारी चरा बाँस बस्नाले छादी क्षेत्रमा अझै प्राकृतिक हिसाबले रमणीय बन्दै गएको छ ।

छादी झरना र गुफाभित्र विभिन्न आकृतिमा मूर्ति धार्मिक पर्यटकलाई आकर्षित बनाउछ । तर, त्यसको प्रचारप्रसारमा अझै कोही नजुट्दा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको यस क्षेत्र ओझेलमा परेको स्थानीय बासिन्दा सूर्य दर्जीले बताउनुभयो

चिन्ते सामुदायिक वन क्षेत्रभित्र रहेको झरना नजिकै गुफामा देवीदेवताको मूर्ति र गुफाको माथिल्लो भागमा चमेरा फैलिएर यस क्षेत्र हेर्नलायकको पर्यटकीय गन्तव्य हो ।

रामपुर क्षेत्रका स्थानी बासिन्दा तथा विद्यालयका शिक्षक, विद्यार्थी झरना र गुफा क्षेत्रमा पुग्न थालेपछि चहलपहल बढ्न थालेकाले यस क्षेत्रमा भौतिक संरचना निर्माणमा स्थानीयवासीले चासो देखाउन थालेका हुन । तर पनि भौतिक संरचना निर्माण हुन सकेको छैन ।

कालीगण्डकी कोरिडोरअन्तर्गत रामपुरस्थित छादीको सडकदेखि दश पन्ध्र मिनेट पैतल हिँडेपछि गुफा र छहरा रमणीयस्थलमा भेटिन्छ । चिन्ते सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण गर्न थालेपछि यस क्षेत्र हराबरा बन्दै गएको हो ।

एकान्तमा रमाउनेको लागि यो क्षेत्र झनै आन्ददायी क्षेत्र बनेको छ । सानोे गोरेटो हँुदै छादीमा पुग्न सकिने स्थानीय बासिन्दा बताउँछन् ।

मानिस गुफाभित्र पसेर उज्यालोको सहायताले गुफामा रहेका विभिन्न आकृतिका मूर्ति, चमेरा हेर्न र अर्को झरना भएको द्वारबाट बाहिर निस्कन सकिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया भन्योले बालेन सरकारलाई अर्को झट्का

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

सम्बन्धित

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

विद्युतीय गाडी आयात घट्यो, इन्धनबाट चल्ने बढ्यो

गृहमन्त्री गुरुङको ‘२५ लाख’ बचाउ : ‘लुकाएको सेयर हो कि ‘वर्गीकरण’ ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

‘इन्धनको मूल्यले बिथोलियो भान्सा’

नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा नयाँ नियम लागू, बजार संरचनामा ठूलो परिवर्तन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com