ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीउ मात्रै विक्री गरेर पाँच लाखसम्म आम्दानी


admin
पुस २, २०७४ आईतबार   ४ : ०६   बजे

कञ्चनपुर, २ पुस। शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् ।

कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहमा आबद्ध भएका यहाँका ८५ कृषकले आलुको टिपिएस (खास बीउ) बीउ उत्पादन गर्दै आएका हुन् । यसरी उत्पादन गरिएको बीउ मात्रै बिक्री गरी प्रतिकिसानले रु तीन लाखदेखि रु पाँच लाखसम्म वार्षिक आम्दानी लिँदै आएका हुन् ।

आलुको दानाबाट लाग्ने रोगले उत्पादनमा क्रमिक रुपमा ह्रास ल्याउने भएकाले बियाँबाट तयार पारिएको आलुको बीउले उत्पादन वृद्धि हुने, रोगप्रतिरोात्मक क्षमता बढ्ने र आलु बालीमा लाग्ने प्रमुख डढुवा रोग सहन सक्ने क्षमता हुने भएकाले खास बीउ उत्पादनमा लागेको सीताराम चौधरीले बताउनुभयो ।

बीउमा उम्रने शक्ति बढी हुने, आलुमा लाग्ने रोग नगन्य मात्रामा हुने भएकाले यहाँ उत्पादन भएको पहिलो पुस्ताको आलुको बीउ कृषक माझ निकै लोकप्रिय बनेको हो ।

बीउ आलुभन्दा बियाँबाट आलुखेती गर्दा बढी उत्पादन दिने, स्वादिलो हुने भएकाले आलुखेती विस्तारका लागि बियाँ बीउ एक विकल्पका रुपमा प्रयोग गर्न सकिने कृषक पुरन चौधरीले बताउनुभयो ।

राष्ट्रिय आलुबाली विकास कार्यक्रमबाट उपलब्ध गराइएको स्रोत बियाँको बीउ प्रयोग गरी बीउ उत्पादन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

“घाम लाग्ने सिँचाइ र निकासको राम्रो व्यवस्था भएको जग्गा छनोट गर्ने र नर्सरी राखी जैविक वा रासायनिक मल र बियाँ ब्याडमा राखेर बोट उत्पादन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “ बिरुवा उम्रेको २५ दिनपछि खेतीका लागि खेतमा आलुका बोट रोपिन्छ ।”

टिपिएस प्रविधिबाट कार्डिनल, जनकदेव र खुमलटार (रातो) जातका आलुका बिरुवा उत्पादन गरी आलुखेती यहाँका कृषकले गर्दै आएका छन् ।

जोनापुरका ४५ र पिपलाडीका ४० परिवार कृषि विकास कार्यालयबाट तालीम लिई एक दशकदेखि आलुको बीउ उत्पादनमा उनीहरू लागेका हुन् ।

विसं २०५७ देखि आलुको बीउ उत्पादनमा लागेका यहाँका कृषकले बार्षिक रुपमा ८० मेट्रिक टन बीउको आलु उत्पादन गर्दै आएको स्थानीय कृषक लक्ष्मण चौधरीले बताउनुभयो ।

दश कट्ठादेखि एक बिगाहा जग्गामा यहाँका कृषकले आलुखेतीलाई निरन्तरता दिँदै आएका छन् ।कूल २० हेक्टर क्षेत्रफलमा यहाँका कृषकले आलुको बीउ उत्पादन गर्दै आएको कृषि सेवा केन्द्र झलारीका प्राविधिक वीरबहादुर कुँवरले बताउनुभयो ।

यहाँ उत्पादित आलुको बीउ कञ्चनपुरका भीमदत्तनगरपालिका, झलारी, देखतभूली, दैजी, कैलाली, दार्चुला र डोटीसम्म आपूर्ति हुने गरेको छ ।

व्यापारीले कृषकको घरमै पुगेर आलु खरिद गरेर लैजाने गरेकाले बजारको अभाव नरहेको वसन्ती चौधरीले बताउनुभयो । बीउको आलुसँगै खाने आलु ४० मेट्रिक टन प्रतिवर्ष यहाँ उत्पादन हुँदै आएको छ ।

यसरी सिडलिङ्ग प्रविधिबाट उत्पादन गरिएको आलुको दाना पूर्णरुपमा निरोगी हुने भएकाले प्रतिहेक्टर १३ मेट्रिक टनसम्म उत्पादन हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।

रोग नियन्त्रणका लागि तालीम र शीतभण्डारको व्यवस्था नहुँदा उत्पादित आलुको बीउ भण्डार गर्न यहाँका कृषकलाई समस्या छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सुरु हुँदै फुटबल महाकुम्भ

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group