ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा विघटनमा बाह्य शक्ति नभएर आन्तरिक कारण – अध्यक्ष प्रचण्ड


सपना थामी
माघ २७, २०७७ मंगलबार  ११ : ४९ बजे

काठमाडौं, २७ माघ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनमा बाह्य शक्ति नभएर आन्तरिक कारण नै मुख्य रहेको बताउनुभएको छ ।

मंगलबार अन्तराष्ट्रिय क्षेत्र विशेषका पत्रकारहरुस“गको अन्तरक्रिया कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनका सम्बन्धमा बाह्य शक्तिको प्रभाव छ भनेर कुनै व्याख्या गर्न आवश्यक नरहेको बताउनुभयो । उहा“ले छिमेकी दुई राष्ट्रहरु चीन र भारत लगायत अन्य देशले पनि आ–आफ्नो राष्ट्रहितको पक्षमा विचार प्रभाव बढाउन खोज्नु स्वभाविक रहेको बताउनुभएको हो । राष्ट्रहितलाई सर्वोपरि राखेर नेपालको सबै देशहरुस“गको सम्बन्ध भने राम्रो बनाउनुपर्ने जोड अध्यक्ष प्रचण्डले दिनुभयो ।

अन्तराष्ट्रिय मञ्चका पत्रकारहरुले भारतको इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको जिज्ञासा राखेपछि नेकपा अध्यक्ष प्रचण्डले यसबारे प्रष्ट पार्दै ओलीको राजावादीहरुस“ग हिमचिम बढेको समेत आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले रामको जन्मभूमिबारे बोल्नु, पशुपतिमा दिप प्रज्वलन गर्नु र पछिल्लो समय नारायणहिटी दरबार अगाडी जनसभा गर्नुले उहा“ कम्युनिष्ट पार्टीको अध्यक्ष्ँ हो कि हिन्दु महासंघको अध्यक्ष भन्ने प्रश्न समेत उठेको अध्यक्ष प्रचण्डले बताउनुभयो । आमनागरिकको धर्म र आस्थालाई सम्मान गर्ने तर राज्य भन्ने धर्मनिरपेक्ष रहने विषयलाई अध्यक्ष प्रचण्डले प्रष्ट पार्नुभएको थियो । अन्तरक्रियात्मक उक्त कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com