काठमाडौं, २५ माघ । बैतडीमा गोली हानेर छोरीको हत्या गरि फरार रहेका बुवाले राति आएर फेरि आफ्नै घरमा आगजनी गरेका छन्। पुर्चौडी नगरपालिका १० महरागाउँका धनसिंह धामी शनिबार साँझ आफ्नै छोरीमाथि गोली प्रहार गरेर फरार भएका थिए। उनले राति आएर फेरि घरमा आगजनी गरेको प्रहरीले जनाएको छ। घरमा आगजनीपछि पनि उनी फरार रहेका छन्।








प्रतिक्रिया दिनुहोस्