ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भात नपकाएको निहुँमा श्रीमानद्वारा बञ्चरो प्रहार


एबीसी / संवाददाता
माघ २४, २०७७ शनिबार  १२ : १७ बजे

पोखरा, २४ माघ । भात नपकाएको विषयमा झगडा हुँदा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको खुलेको छ । पर्वत जलजला गाउँपालिका ७ धाईरिङ स्थायी ठेगाना भई पोखरा–३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनले नै ४२ वर्षीया श्रीमती हरिमाया पुनको हत्या गरेको पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले हत्यामा संलग्न पुनलाई शुक्रबार बिहान पक्राउ गरेको जानकारी दिएको छ । आरोपित पुनले प्रहरीको प्रारम्भीक अनुसन्धानमा बिहीबार राति करिब ८ बजे खाना नपकाएको निहुँमा पत्नीसँग झगडा हुँदा टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको बयान दिएका छन् ।

शुक्रबार बिहान हरिमाया पुन आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको सुचना आधारमा तत्काल ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाको नाकबाट प्रहरी अधिकृत समेतको टोली खटिई गई घटना स्थलको अनुसन्धान एवम् मुचुल्का समेतको कार्य गरी मृतक शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा लगिएको प्रहरीले जनाएको छ । लामगादी कृषि फर्ममा ज्यालादारी मजदुरी गर्ने गमबहादुर शुक्रबार बिहान सोहि ठाउँबाट पक्राउ परेका थिए । प्रहरीका अनुसार पुनविरुद्ध कास्की जिल्ला अदालतमा ज्यान मुद्दा दर्तागरी १० दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

सम्बन्धित

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

चितवनमा ‘हनी ट्रयाप’मा संलग्न भएको आरोपमा २ जना पक्राउ

नेपालका विभिन्न स्थानबाट देखिएको आकाशको उज्यालो दृश्य : के थियो त्यो रहस्यमय प्रकाश ?

पर्सा प्रहरीद्वारा ५२ हजार ३ सय लागु औषध ट्रामाडोल ट्याब्लेट सहित २ जना पक्राउ

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com