ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड -माधव समूहको आम हड्तालमा देशभर के के भए ? सम्पूर्ण अपडेट


एबीसी / संवाददाता

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रचण्ड माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव देखिएको छ । लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध नभएको तथा शहरी क्षेत्रमा समेत भित्री बाटोमा गाडी चलेका छन् ।

गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो तर व्यवसायीहरुले सञ्चालन गरेनन् । विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटाएको छ भने ट्रकहरुलाई पनि सञ्चालनमा सहजिकरण गरेको छ । त्यसक्रममा ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने काठमाडौंमा ट्याक्सीसमेत आगजनी भएको छ । प्रहरीका अनुसार देशभर ९७ जना पक्राउ परेका छन् ।

बिहीबार बिहान ११ बजेसम्म उपत्यकासहित ७७ ओटै जिल्लाको अवस्था यस्तो छ ।

प्रदेश १ धरानमा झडप

प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीका अनुसार लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि छोटो दूरीमा यातायात आवगमनमा बाधा छैन ।

मोरङ र झापामा टायर बाल्ने प्रयास भए पनि प्रहरीले तितरबितर । ‘इलाममा ट्रकलाई ढुंगा हानिएको थियो यद्यपि, अहिले स्थिति शान्त छ’।

बिराटनगरमा बिहीबार बिहानैदेखि प्रचण्ड-माधव समूहका नेता, कार्यकर्ता सडकमा निस्किएका छन् । सिटी सफारी जस्ता तीनपाङ्गे सवारीसाधनले सडकमा मानिसहरु ओसारिरहेका छन् । प्रदेश १ मा मोटरसाइकल निर्वादरुपमा चलिरहेका छन् ।

धरानमा प्रदर्शनकारी र मजदुरबीच घम्साघम्सी भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच घम्साघम्सी भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार हाल स्थिति नियन्त्रणमा आइसकेको छ । धरानमा सवारीसाधनमाथि ढुङ्गा प्रहरी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश २ : १९ जना पक्राउ

प्रदेश नं २ मा सवारीसाधनहरु अत्यन्त न्यून चलेका छन् ।बन्दकर्ताहरु मुख्य राजमार्गमा बसेर सवारी सञ्चालनमा अवरोध गरिरहेका छन् ।

पूर्वमन्त्री अजयशंकर नायक सिराहामा कार्यकर्ता लिएर सडकमा हुनुहुन्छ । चन्द्रनिगाहपुरमा पूर्वसांसद रामकुमार भट्टराईले नेतृत्व गर्नुभएको छ ।

लहानमा बिहीबार बिहानै ७३५२ नम्बरको ट्रकमा ढुंगा हानिएको प्रहरीले जनाएको छ । त्यसमा संलग्न दुई जना तत्काल पक्राउ गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताउनुभयो ।

वीरगञ्ज संवाददाता सुरेश विडारीका अनुसार आमहड्तालमा अवरोध गरेको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुप्तासहितका व्यक्तिहरु पक्राउ परेका छन्।

बागमती – सिन्धुपाल्चोकमा छैन प्रभाव

बागमती प्रदेशमा प्रहरीले लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरेर विभिन्न जिल्ला पठाइरहेको छ । प्रदेश प्रहरी कार्यालयकी प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीका अनुसार मकवानपुरको ठाडाभन्ज्याङ र चितवनको आँपटारीमा दुई वटा ट्रकमा ढुंगासमेत हानिएको छ ।

सिन्धुपाल्चोकमा ९० प्रतिशत खुला रहेको प्रहरीले जनाएको छ । अन्य जिल्लामा आंशिक प्रभाव छ । भित्री बाटोमा सवारी सञ्चालनमा कुनै अवरोध छैन ।

उपत्यका – शीर्ष नेताहरु सडकमा

काठमाडौं उपत्यकामा आमहड्ताल सफल पार्न भन्दै प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल आफैं सडकमा आउनु भएको छ भने छोरी रणु दाहालसहित सातदोबाटो, पुल्चोक लगायतका क्षेत्रमा पुगेर उहाले सम्बोधन समेत गर्नुभएको थियो ।
सातदोबाटोमा प्रचण्डले सरकारले बलमिच्याइँ गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको बताए । सम्भवतः फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुने समेत उहाँले बताउनुभयो ।
रत्नपार्क क्षेत्रमा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गर्नुभएको छ । प्रचण्ड–माधव समूहको संघर्ष समिति संयोजक समेत रहेका श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको बताउनुभयो ।
प्रचण्ड(नेपाल पक्षका स्थायी समितिका सदस्यहरुलाई हड्ताल कार्यान्वयन गराउन जिम्मेवारी तोकिएको हो ।

कुन स्थानको जिम्मा कसलाई ?

कोटेश्वर – लीलामणि पोखरेल
सातदोबाटो – देव गुरुङ
पुल्चोक – पम्फा भुसाल
गोंगबु – भीम रावल
बालाजु – रघुजी पन्त
बल्खु – बेदुराम भुसाल
चाबहिल – वर्षमान पुन र हरिबोल गजुरेल
कलङ्की चोक – युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य
नारायणगोपालचोक र महाराजगञ्ज – शक्ति बस्नेत
रत्नपार्क – नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्मा

पूर्वसभामुख एवं स्थायी समिति सदस्य कृष्णबहादुर महरा पनि सातदोबाटोमा देखिनु भएको छ । अर्का अध्यक्ष माधव नेपाल कोटेश्वरमा स्कुटिमा चढेर निस्कनु भएको छ ।

 

हालसम्म सडकमा अवरोध गरेको भनेर प्रहरीले उपत्यकाबाट ८० जनालाई पक्राउ गरेको छ भने हड्तालको आंशिक प्रभाव देखिएको छ ।

गण्डकी प्रदेश – ठाउँठाउँमा प्रदर्शन

बन्दकर्ताले महेन्द्रपुलमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा रामकाजी गुरुङ, दीपक कोइराला लगायतका नेताहरु देखिएका छन् । ओली समूहका नेता, कार्यकर्ताले भने बन्दको विरोधमा मोटरसाइकल र्‍याली निकालेको छ ।
जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी सुवास हमालका अनुसार हालसम्म जिल्लामा कुनै उछृंखल गतिविधि भएका छैनन् । कसैलाई पनि पक्राउ गरिएको छैन ।

लुम्बिनी – व्यापक प्रहरी परिचालन

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव रहेको प्रदेश प्रहरीले जनाएको छ । ठाउँठाउँमा प्रचण्ड माधव समूहका नेता, कार्यकर्ता निस्किएका छन् । यात्रा गर्न चाहनेले सुरक्षा माग स्कर्टिङको व्यवस्था पनि गरिएको छ ।

प्रदेशको मुकाम बुटवलमा बिहानैदेखि सार्वजनिक यातायात र मालवाहक सवारीसाधनहरु नचल्न सकेका छैन। बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । आन्दोलनकारीले सडकमा टायर बालेर, ट्रक तेर्स्याएर सवारी साधन चल्न दिएका छैनन् ।

प्रहरी गस्ती पनि बढाइएको छ भने बुटवलको राजमार्ग चौराहामा नेकपा प्रचण्ड(माधव समूहका युवा नेता राजु गुरुङको नेतृत्वमा नेता, कार्यकर्ता जम्मा भएका छन् । रुपन्देहीमा बिहान ९ बजेसम्म आम हड्तालका क्रममा कुनै अप्रिय घटना नभएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताउनुभयो।

कर्णाली – एउटा पक्ष बन्द गराउने, अर्को खोल्न भन्ने

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार राजमार्गमा सवारीसाधन चलेका छैनन् । प्रचण्ड(माधव समूहका नेता कार्यकर्ता बन्द गराउनु पर्‍यो भन्दै हिँडेका छन् भने ओली समूहका नेता, कार्यकर्ताहरु खुला गर्न माग गरिरहेका छन् ।

सुर्खेतमा पसलहरु खुलेका छैनन् । प्रहरीले विभिन्न ठाउँमा डाइभर्सन गराएर लामो दूरीको यातायात सञ्चालन गराइरहेको प्रदेश प्रहरी प्रमुख वसन्त पन्त ले बताउनुभयो ।

सुदूरपश्चिम डेढ सय गाडी स्कर्टिङ

सुदूरपश्चिमका जिल्लाहरुमा सदरमुकाम र प्रमुख राजमार्गमा बन्दको प्रभाव देखिएको छ । भित्री सडकखण्ड र ग्रामिण भेगमा प्रभाव देखिएको छैन । प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीका अनुसार तराईका जिल्लामा प्रहरी नभएको ठाउँमा टायर बालेको पाइएको छ ।

‘प्रहरीको उपस्थिति भएको ठाउँ शान्त छ, राजमार्ग सबैतिर प्रहरीको उपस्थिति सम्भव हुँदैन’, , ‘नाइट बसलाई स्कर्टिङ गरेर पठाइरहेका छौं ।’ एक प्रहरी अधिकारी ले भन्नुभयो ।

विशेष गरी बुधबार साँझ काठमाडौंबाट बाजुरा, दार्चुला लगायतका ठाउँका लागि छुटेका डेढ सय बढी सवारीसाधनलाई स्कर्टिङ गरेर पठाइएको प्रहरीले जनाएको छ । स्कर्टिङमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले पनि साथ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com