ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन्तला जोन कार्यक्रम शुरु


admin

नवलपरासी, १ पुस (रासस) ः नवलपरासीको पहाडी क्षेत्रमा सुन्तलाखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुन्तला जोन कार्यक्रम’ शुरु भएको छ ।

कृर्षि मन्त्रायद्वारा यस वर्षबाट नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत पहाडी क्षेत्रलाई लक्षित गरी सुन्तला खेतीलाई प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु भएको हो ।

कार्यक्रमअन्तर्गत सुन्तलाको खेती गर्ने किसानलाई बीउबिजन अनुदान र मेसिनरी औजार अनुदानलगायतका सेवा उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले जानकारी दिनुभयो ।

यसैबीच नवलपरासीका पहाडी भेगका सुन्तला खेती गर्ने कृषकले यस वर्ष सुन्तलाखेतीबाट मनग्य आम्दानी गरेका छन् । प्रति बोटबाट सरदर रु एक हजारंका दरले सुन्तला बिक्री गरेको यहाँका कृषकले बताएका छन् ।

नवलपरासीको पूर्वपहाडी भेगअन्तर्गत साविक १७ गाविसमा सुन्तला खेती गरिन्छ । जसमध्ये सुन्तला खेतीका लागि बुङदीकाली र बुलिङटार क्षेत्रलाई पकेट क्षेत्रका रुपमा मानिन्छ । यसबाहेक जौबारी, रुचाङ धुर्कोट र विजयी त्रिवेणीलगायतका क्षेत्रमा पनि सुन्तला खेती राम्रो हुने गर्दछ । अहिले नवलपरासीको पहाडका हरेक गाउँमा कृषि सडक पुगेपछि कृषकलाई आफूले उत्पादन गरेको सुन्तला बजारसम्म ल्याउन नपर्ने र व्यापारी गाउँगाउँमा आएर सुन्तला किन्ने गरेको किसानको भनाइ छ ।

सुन्ताला बिक्री गरेवापत प्रतिकेजी करिब रु ६० देखि ७० सम्म किसानले पाउने गरेका छन् । नेपालमा प्रशस्त सुन्तला उत्पादन नहुने र मागअनुसारको उत्पादन नभएर भारतबाट समेत ल्याएर माग पूरा गर्नुपर्ने हुँदा सुन्तला बिक्रीका लागि त्यति गाह्रो नभएको किसानको भनाइ छ ।

नवलपरासीको पहाडी क्षेत्रमा उत्पादित सुन्तला नवलपरासीसहित बुटवल, पोखरालगायतका स्थानमा राम्रो बजार पाएको पाइन्छ । नवलपरासीको पहाडी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब एक हजार घरपरिवार सुन्तला खेतीमा आश्रित छन् । नवलपरासीमा यस वर्ष १२० हेक्टर क्षेत्रफलमा ३५४ मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com