ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली समूहको अन्तर पार्टी निर्देशन– प्रचण्डको आरोप पत्र नै विभाजनको आधार (अपानीको पत्रसहित)


एबीसी / संवाददाता
पुस २७, २०७७ सोमबार  १२ : १९ बजे

काठमाडौं, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को आरोप पत्र नै पार्टी विभाजनको आधार बनेको ठहर गरेको छ।
ओली नेतृत्वको नेकपाले अन्तर पार्टी निर्देशन (अपानी)जारी गर्दै प्रचण्डले पार्टीमा विध्वंस मच्चाउन खोजेकोसमेत आरोप लगाएको छ। कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव राखेका थिए। ओली समूहले त्यसलाई आरोप पत्र भन्दै आएको छ।

ुभाषीक हिसाबले असाध्यै अमर्यादित, शैलीको हिसाबले अत्यन्त अशिष्ट र पूर्वाग्रही एवं विषयवस्तुका हिसाबले विभाजनकारी, विध्वंसात्मक र पार्टीभित्रको मित्रवत् अन्तरविरोधलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको उक्त ‘प्रस्ताव’ को वितरणसँगै पार्टी गम्भीर सङ्कटमा धकेलिन पुग्यो, अन्तर पार्टी निर्देशन भनिएको , नेताहरू त्यत्तिमै रोकिनुभएन, आफ्नो पार्टी अध्यक्षविरुद्ध पार्टी विधानमात्र होइन, मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोप लगाइएको उक्त अभियोगपत्रलाई पार्टी केन्द्रीय कार्यालय र लोगोको दुरूपयोग गर्दै राष्ट्रव्यापी वितरण गरेर पार्टीमा विभाजनको आगो सल्काउने काम गर्नुभयो। परिणामतः उक्त आरोप पत्र पार्टी विभाजनको आधार पत्र बन्न पुगेको छ।

सीमित प्रतिनिधित्व र नेतृत्व परिवर्तनको म्यान्डेटसहितको ‘एकताको विशेष महाधिवेशन’ यथाशीघ्र आयोजना गर्न ‘प्रचण्ड’ लाई आग्रह गर्दा समेत नमानेको अपानीमा उल्लेख छ। छद्म सम्झौता गरेर जसरी पनि पार्टी र सरकारको नेतृत्व हत्याउने योजनामा प्रचण्ड(नेपाल समूह रहेकाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट बर्खास्त गर्ने भित्री अभियानमा लागेको आरोप ओली समूहले लगाएको छ। ुकमरेडहरूले प्रथम अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पार्टीको केन्द्रीय सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीमा निर्णयार्थ प्रस्तुत गर्ने आँट गर्नुभएन, अन्तर पार्टी निर्देशनमा भनिएको छ, त्यसैगरी उहाँहरूले संसदीय दलको नेता परिवर्तन गरेर प्रधानमन्त्री परिवर्तन गर्ने सहज वैधानिक बाटो अवलम्बन गर्ने आँट गर्नु भएन। पार्टी तथा संसदका ती संरचनाहरू आफ्ना निजी स्वार्थ केन्द्रीत महत्वाकांक्षाका लागि सहयोगी बन्ने सम्भावना नदेखेपछि अँध्यारो कोठामा बसेर फर्जी हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव तयार गर्न र संसदमा दर्ता गर्न उद्दत हुनुभएको हो भन्ने कुरा छर्लङ्ग छ।

प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने, नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंसकारी मनसाय नै अहिलेको परिस्थिति मुख्य रूपमा जिम्मेवार रहेको अन्तर पार्टी निर्देशनमा भनिएको छ। प्रतिनिधि सभा विघटनसँगै मुलुक नयाँ परिस्थितिमा प्रवेश गरेको भन्दै ओली समूहले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरूले यसबाट अनुचित लाभ उठाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको ठहर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

सम्बन्धित

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com