ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजसेवाको नाममा ठगी : अमेरिका पठाउँछु भन्दै लाखौं रकम असुल्ने विद्या सरकार पक्राउ (यस्तो छ उनको विगत)


एबीसी / संवाददाता

काठमाडौं, २४ पुस ।  अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका–४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छन्। दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले उनलाई पक्राउ गरेको हो।

बिहीबार विद्या सरकारलाई दैलेख प्रहरी सार्वजनिकसमेत गरेको छ। केही समयअघि दैलेखको नारायण नगरपालिकामा आएकी उनले आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुँ भन्दै ठगी धन्दा गर्दै आएकी थिइन्।

इटहरीकी २३ वर्षीया विद्या सरकार आफूलाई अभियन्ता र समाजसेवीका रूपमा चिनाउँथिन्। फेसबुकमा उनको नाम विद्या शर्मा छ।

उनी कहिले हिमानी ट्रष्टका नाममा, कहिले बलात्कार विरूद्धको आन्दोलनमा, कहिले सामाजिक अभियन्ताको नाममा गतिविधि गर्थिन्। विद्याले कोरोना महामारीका बेला दैलेखसम्म पुगेर राहत वितरण गरेकी थिइन्। यिनै अभियन्ता ‘विद्या सरकार’ अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छिन्। ठगी अभियोगमा पक्राउ परेकी विद्या पुसको जाडो हिरासत बिताउँदै छिन्। उनीबाट परिसरकै महिला प्रहरी जवानकी दिदी गंगा वनसमेत पीडित भएकी छिन्। दैलेखका तीन युवाले जाहेरी दिएपछि विद्यालाई प्रहरीले पुस ६ गते हिरासतमा लिएर अनुसन्धान थालेको हो।

६ गते प्रहरीले पक्रन जाँदा पनि उनी भन्दै थिइन्, ‘सर, मलाई एकछिन छोडिदिनुस्, म मिलाइहाल्छु।’ पक्रेकै क्रममा ‘मुद्दा मिलाउन सक्छु’ भन्ने विद्यालाई हिरासतमा राखेपछि उजुरीकर्ताहरूको ओइरो नै लागेको छ। परिसर प्रवक्ता डिएसपी प्रमेश बिष्ट भन्छन्, ‘उनीविरूद्ध करोडौं ठगी गरेको भनी मानिसहरू जाहेरी दिन आइरहेका छन्, हामी ती उजुरीकर्ताहरूको विवरण संकलन गरिरहेका छौं।’

बिष्टका अनुसार उनले आफू सिंगापुर रेडक्रस इन्टरनेशनलको नेपालस्थित सिइओ भन्थिन्। नेपालमै र सिंगापुरमा जागिर लगाइदिने भन्दै पैसा संकलन गर्थिन्। कहिले मृतात्माको शान्तिको लागि, कहिले सामाजिक सेवा र अभियानको निम्ति भनेर धेरै मानिसहरूबाट पैसा उठाएर मानिसहरूलाई पीडित बनाएकी छन्। समाजसेवाका नाममा ठगी धन्दा गर्ने विद्या सरकार आखिर को हुन्रु काठमाडौं प्रहरी अहिले उनको नालीबेली खोजिरहेको छ।

विद्याको ठगी धन्दा

विद्याविरूद्ध उजुरी दिन अहिले भक्तपुरको चाँगुनारायणका तीन जना आइपुगिसकेका छन्। दैलेखका अन्य तीन जनाले उनीविरूद्ध परिसरमा उजुरी दिएका छन्। उनीहरूबाट विद्याले दुई करोड ठगिसकेको उजुरी आइसकेका छन्। भक्तपुर चाँगुनारायणकी गंगा र उनकी आफन्त सुजलाका अनुसार विद्याको घर पहिले यहीँ थियो। तर, उनका परिवार एकाएक हराए। इटहरी गएछन्। २०७५ सालमा विद्या काठमाडौं आएर भक्तपुर गइन्। विद्या आउँदा गंगा र सुजलासँग भेट भयो। भेट्दा उनले आफू सिंगापुर रेडक्रसको नेपालस्थित सिइओ बनेको बताइन्। दुबैलाई नेपालमा जागिर लगाइदिने भनिन्। गंगालाई मासिक ५० हजार र सुजलालाई ७० हजार रुपैयाँ तलब दिने बताइन्। गंगालाई स्टाफ र सुजलालाई फिल्ड इञ्चार्ज बनाइदिने बताएकी थिइन्। अलिअलि खर्च गर्नुपर्छ, सिंगापुर जानुपर्छ भनेर पैसा फुत्क्याइहालिन्। ‘चिनेजानेको मान्छेले जागिर लगाइदिने भन्दा हामी लोभियौं,’ गंगाले भनिन्। गंगासँग १४ लाख र सुजलासँग पनि त्यति नै पैसा लिइन्।पैसा लिएपछि उनले २०७५ फागुनमा लण्डन जानुपर्छ र त्यहाँ सिंगापुरको कम्पनीका मानिसहरूसँग भेट्नुपर्छ भनेर सुजलालाई पासपोर्ट बनाउन र अफिसियल ड्रेस सिलाउन लगाइन्।

उनले पासपोर्ट बनाइन्। बानेश्वरस्थित राष्ट्रिय पोशाक घरमा गएर ड्रेस सिलाइन्।उनले भिजिट भिसामा दुबई पुर्‍याइन्। दुबईमा उनले सिंगापुरबाट रेडक्रसका डोनरहरू आउँछन् भनेकी थिइन्।

पाँच दिन दुबई बस्दा कोही आएनन्। न ड्रेसकै काम भयो।सुजला अत्तालिन थालिन्। सोधीखोजी गर्दा ‘अब नेपालमै आउने रे, उतै जाउँ’ भनिन् र फर्काइन्।यसपछि कहिले दार्जिलिङ, कहिले सिक्किम, कहिले इलाम, इटहरी चक्कर लगाइन्।‘ए हामी त घुम्दा नै पैसा आउँछ केको चिन्ता भनेर दार्जिलिङदेखि इलामको सानो पाथीभरासम्म घुमाइन्,’ गंगाले भनिन्।

लामो समयसम्म वनद्वयले जागिर पाएनन्।पैसा डुबेको डुब्यै भयो। गंगाले त्यसपछि परामर्श गरेर परिसरमा कार्यरत् आफ्नी बहिनीको सहयोग लिइन्, जतिबेला दैलेखका युवाले जाहेरी दिइसकेका थिए।

दैलेखका युवाले जाहेरी दिएपछि उनी पक्राउ परिन्। यसपछि वन दिदीबहिनी पनि प्रहरीको सम्पर्कमा पुगेका छन्।वन दिदीबहिनीकै नातेदार चाँगुनारायणकै मोहनकुमार वनलाई पनि विद्याले छक्याइन्।

छोरालाई सिंगापुर रेडक्रसमा काम लगाइदिने भनेर पटक पटक गरी विद्याले १४ लाख रुपैयाँ लिएकी छिन्।अचम्म यो छ कि वन दिदीबहिनी र मोहनकुमारले पैसा दिएको कुनै प्रमाण विद्याले सद्धे राखेकी छैनन्। सुजालालाई त अझ आफ्नै बैंक खातामा पैसा जम्मा गर्न लगाएर उनकै चेक र एटिएमबाट पैसा लिइन्।‘अहिले प्रहरीमा उजुरी दिन खोज्दा मैले पैसा दिएको कुनै प्रमाण नै देखिएन, साह्रै हैरानी भएको छ,’ सुजाला भन्छिन्।शौरभ भण्डारी पनि विद्याबाट ठगिएका छन्। उनको ४० लाख रुपैयाँ विद्याले ठगेकी छिन्। भक्तपुरकै मीना राउतको १६ लाख ठगेकी छिन्।

दैलेखमा उधारोमा तीस लाखको राहत बाँडेर ६० लाख असुली

विद्या लकडाउनका बेला गत असारमा दैलेख पुगेकी थिइन्। दैलेख जानुअघि त्यहाँका विवेक थापालाई फेसबुकमा साथी बनाइन्।विवेक एक जना प्रहरी निरीक्षकका आफन्त हुन्। ती प्रहरी निरीक्षकमार्फत् फेसबुकमा साथी बनाएर उनले दैलेखमा राहत बाँड्ने भनिन्।थापालाई पनि सिंगापुर रेडक्रस इन्टरनेसनलको नेपालस्थित सिइओ भनेकी थिइन्। त्यहाँ पुगेपछि सरकारले थापा र अन्य दुई जनालाई अमेरिका पठाइदिने भनिन्।

‘अमेरिकाकाको रेडक्रस शाखामा काम लगाइदिने भन्नुभयो, हामी पैसा खर्च गर्न तयार भयौं,’ थापाले भने। तीन जनाबाट उनले ६० लाख रुपैयाँ लिइन्। बाँकी ३० लाखको राहत सामग्री किन्न लगाइन्। थापाले चिनजानका व्यवसायीबाट उधारोमा सामग्री मगाए।‘सामाजिक काम न हो अहिले मिलाऔं, उहाँ ठूलै मान्छे हुनुहुँदो रहेछ भनेर उधारोमा राहत किनेर बाँडियो,’ थापा भन्छन्, ‘अहिले त्यो पैसा कसले तिर्ने ठेगान छैन, मलाई ताकेता आउँछ। कम्ता अफ्ठ्यारो परेको छैन।’ विद्याले जिल्ला प्रशासन कार्यालयकै कर्मचारीहरूसँग मिलेर राहत बाँडेकी थिइन्।

‘कात्तिक २९ गते हामीलाई युएस उडाउने कुरा थियो, तर यो काम नभएपछि हामी उजुरी दिन बाध्य भयौं,’ थापाले भने। विद्या भारत, मलेसिया, दुबई इन्डोनेसियालगायत देश घुम्ने गर्थिन्। दरबारमार्गका महंगा रेष्टुरेन्ट र रात्री क्लबमा उनले समय बिताउने गरेको देखिन्छ। उनको फेसबुकको प्रोफाइलमा नेता तथा सामाजिक प्रतिष्ठा आर्जन गरेका व्यक्तिहरूसँग खिचाइएका तस्बिर देखिन्छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, क्याप्टेन विजय लामा, फिल्मकर्मी दयाहाङ राई, श्वेता खड्का लगायतका व्यक्तिसँग खिचेका तस्बिर उनले फेसबुकमा राखेकी छन्।

विद्याले थुप्रै व्यक्तिलाई प्रलोभनमा पारेर रकम ठगी गरेको गुनासो आइरहेका छन्। राहत वितरणकै लागि भनेर विभिन्न व्यापारिक संस्थाबाट सामान लिएको तर पैसा नदिएको मौखिक गुनासो प्रहरीमा छ।

तीन वर्षअघि नै उनले ठगी गर्ने गरेको कुरा बाहिर आएको थियो। उनले आफू ‘फेमिना चापागाईं’ भएको बताउँदै झापाका एक युवासँग बिहे गरेकी थिइन्। बिहेपछि ठगी गरेका व्यक्तिबाट रकम फिर्ताका लागि ताकेता आउन थालेपछि ती युवाले उनको साथ छोडेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com