ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बादल लागेपछि काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै बढ्यो : आगामी तीन दिन यस्तो छ मौसम पूर्वानुमान


एबीसी / संवाददाता
पुस २०, २०७७ सोमबार  ७ : ४० बजे

काठमाडौं , २० पुस । राति बादल लागेपछि काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ ।  हिजो बिहान २ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम आज बढेर ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । यसअघि गएको कात्तिक २३ गते काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता लगातार घट्दै न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियससम्म झरेको थियो । तर बादल लागेपछि तापक्रम ह्वात्तै बढेको हो ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएर रातको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविद् श्रेष्ठले बताउनुभयो । रातको समयमा बादल लाग्दा जमिनको तातो वाफ वायुमण्डलमा जान नपाउने हुँदा जमिन तातै रहने मौसमविद्ले बताउँदै आएका छन् । तर, न्यूनतम तापक्रम अहिले बढे पनि पश्चिमी वायुको प्रभाव हटेपछि भने तापक्रम घट्ने र चिसो झनै बढ्ने मौसमविद्ले बताएका छन् ।अहिलेको अवस्थालाई हेर्दा पश्चिमी वायुको प्रभाव पर्सि बुधबारसम्म नै रहने देखिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहेको छ ।

आगामी तीन दिन यस्तो छ नेपालको  मौसम पूर्वानुमान

पुस २० गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश,  गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र  गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पुस २१ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बागमती र प्रदेश न. १ को भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम , कर्णाली, गण्डकी , बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

पुस २२ गते (बुधबार)

दिउँसो : देशको सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

सम्बन्धित

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com