ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चल्नै नसक्ने अराजक संसद्को दबाई ताजा जनादेश हो : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता

काठमाडौं, १७  पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अफ्नो स्वार्थपुर्तिमा केन्द्रित रही अराजक भएकाले संसद विघटन गरिएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत नेता रहको आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको पनि प्रष्ट पार्नुभएको छ ।

प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका सांसदहरू अनुशासनहीन भएको र सभामुखले पनि पदीय मर्यादाअनुसार काम नगरेकाले ‘ताजा जनादेशको दबाई’ खोजेको प्रष्ट पार्नुभयो । आफ्नो संबोधनको क्रममा प्रधानमन्त्री ओलीले सरकारले निर्णयका लागि संसदमा पठाएको बिषयलाई सभामुखले रोकेर राखेको तथ्य पनि खोल्नुभयो । सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको उहाँको भनाई थियो ।

‘संसदले गर्नुपर्ने निर्णय नगरेर सभामुखले रोकेर राखेका छन । संसद् विघटन भइसकेपछि केही सांसदहरूले हस्ताक्षर लगेर साढे ३ बजे प्रस्ताव पेस गरे । विघटन भइसकेको संसदको अविश्वास प्रस्तावको कुनै अर्थ थिएन,’ सभामुख सापकोटाले किर्ते गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसद विघटन भइसकेपछि साढे ३ बजे आएको अविश्वासको प्रस्ताव १०ः४० मै आएको थियो भनेर किर्ते सनाखत गरेको थियो । सभामुखजस्तो मर्यादित पदबाट वैधानिकता दिनका लागि साढे १० बजे भएको छ भनेर झुटो सनाखत, सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयो ।’

सभामुख सापकोटा र आफ्नै दलका सांसदहरू अराजक भएको कारण त्यसको विकल्प ताजा जनादेश भएको प्रधानमन्त्रीको भनाई छ ।

‘यसको दबाई ताजा जनादेश हो । चल्नै नसक्ने संसदको दबाई ताजा जनादेश थियो । संसद अनुशासनहीन र अराजक भयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । पार्टीभित्र अस्थिरतातर्फ लैजाने काम भएकाले आफूले कदम चालेको भन्दै उहाँले अव निर्वाचनतिर मुलुक होमिएको बताउनुभयो । ‘बहुमत, अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ । त्यो देखाउनका निम्ति सक्रिय हुन आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । बहुमत भए निर्वाचनबाट आउन पनि ओलीले आग्रह गर्नुभयो । प्रचण्ड र माधव समुहले गणतन्त्र र संघीयता ठीक होइन भन्नेहरूलाई बढावा दिइरहेको खुलासा पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।

आफ्नो र राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा प्रचण्ड र माधव समुह लागेर राजतन्त्र सही हो भन्नेहरूलाई ठाउँ पुगिरहेको उहाँको भनाइ थियो । ‘यहाँ त राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिनलाई राष्ट्रपतिको हुर्मत लिने काम भएको छ । संविधान खत्तम हुन्छ भन्ने निरर्थक कुराहरूको हल्ला चलाइएको छ । संविधान कार्यान्वयनका लागि मैले कदम चालेको छु । प्रणालीको रक्षा हुन्छ भनेर त्यसका लागि मैले कदम चालेको छु । पार्टीले यस अभियानलाई ठीक ढंगले अगाडि बढाउँछ भनेर त्यसका लागि मैले यो कदम चालेको छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना नहुने भन्दै सबैलाई निर्वाचनमा आउन सवैलाई आग्रह पनि गर्नुभयो । उहाँले आफू नेतृत्वको नेकपा नै आधिकारिक रहेको भन्दै सूर्य चिह्न आफूले पाउनेमा ढुक्क रहन कार्यकर्ताहरूलाई आश्वस्त पार्नुभयो । ‘कसैले निवेदनको चिर्कटो निर्वाचन आयोगमा पुर्याउँदैमा वैधानिकता प्राप्त हुँदैन । हामी वैधानिक नेकपा हौं । अदालत र आयोगमा उहाँहरु जानुभएको छ । हामी यहाँ छौं भनेर छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्था हाम्रो होइन । दुनियाँलाई थाहा छ हामी कहाँ छौं । उहाँहरु अलपत्र पर्दै हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले प्रचण्ड माधव पक्ष अभद्र र अशिष्ट भाषा र नारासहित सडकमा पुगेको भन्दै नारी अस्मितामाथि खेलबाड जस्तो गम्भीर अपराध गरिरहेको बताउनुभयो । राष्ट्रपति संस्थामाथि असभ्य आक्रमण गरेर प्रचण्ड पक्ष गणतन्त्रविरुद्ध लागेको उहाँको भनाई छ । ओलीले प्रचण्ड माधव पक्षले संवैधानिक प्रक्रिया अवरुद्ध गरेपछि संविधान कार्यान्वयन तथा रक्षाका लागि ताजा जनादेशमा जानु परेको र त्यो अधिकार संविधानले दिएको प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रदेशहरूमा पनि अस्थिरता ल्याउन दाहाल र नेपाल पक्ष लागिरहेको बताउनु भयो । प्रदेशहरूमा अविश्वासको प्रस्तावहरू गइरहेको भन्दै त्यसले अशान्ति सिर्जना गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com