ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको अवस्थाबारे चीनको चासो स्वाभाविक : चिनियाँ विज्ञ


एबीसी / संवाददाता
पुस १४, २०७७ मंगलबार  १० : ३८ बजे

काठमाडौ, १४ पुस । चिनियाँ विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद भंग गरेपछि नेपालमा उत्पन्न राजनीतिक अवस्थाको बारेमा चीनको चासो स्वाभाविक रहेको बताएका छन् । संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनबारे बुझ्न उच्चस्तरीय चिनियाँ टोली यतिबेला काठमाडौंमा छ ।

चीनले पनि सोमबार नेपालको राजनीतिक घटनाक्रमबारे आफू जानकार रहेको बताउँदै नेपालका राजनीतिक दलले राजनीतिक स्थिरता र राष्ट्रिय स्वार्थलाई ध्यान दिएर काम गर्ने अपेक्षा व्यक्त गरेको छ । उसले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति दृढ रहेको पोजिसन सार्वजनिक गरेको छ ।नेपाल मामिलालाई लामो समयदेखि नियालीरहेका चिनियाँ विज्ञहरुले भने नेपालको राजनीतिक अवस्थाको बारेमा चासो राख्नुका पछाडि चीनका केही मनासिब कारण रहेका बताएका छन् । चीनको फुदान विश्वविद्यालयका प्रोफेसर लिन मिनवाङले चीनको सरकारी पत्रिका ग्लोबल टाइम्ससँग भनेका छन्, ‘चीनले प्रस्तावित वेल्ट एण्ड रोड परियोजना अनुसार नेपालमा धेरै ठूलो लगानी र एकदमै गहन सहकार्य गरेको छ ।’उनले एउटा छिमेकीको हिसाबले नेपालको आन्तरिक अवस्थाको बारेमा चासो राख्नु र अन्तरपार्टी सहकार्य अनुसार आफ्ना साझेदारलाई सहयोग गर्नु र आदानप्रदान गर्नुका पछाडि मनासिब कारणहरु रहेका छन् जुन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नभएको दावी गरेका छन् । त्यसैगरी संघाई एकेडेमी अफ सोसल साइन्सका रिसर्च फेलो हू झियोङले चिनियाँ कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी र अन्य राजनीतिक दलहरुबिचको राजनीतिक आदानप्रदान भारतको चासोको विषय नभएको बताएका छन् । उनले यदि चिनियाँ कम्युनिष्ट पार्टीले नेकपाभित्रको विवादको सहजीकरणका लागि सहयोग नै प्रदान गर्ने अर्थात् यस्ता समस्या समाधान गर्न अनुभव नै प्रदान गरेको भए पनि यो पूर्णरुपमा वैधानिक र रिजनेबल भएको बताएका छन् । चिनियाँ विज्ञहरुले चीनले नभई भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको समेत दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

सम्बन्धित

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

चितवनमा ‘हनी ट्रयाप’मा संलग्न भएको आरोपमा २ जना पक्राउ

नेपालका विभिन्न स्थानबाट देखिएको आकाशको उज्यालो दृश्य : के थियो त्यो रहस्यमय प्रकाश ?

पर्सा प्रहरीद्वारा ५२ हजार ३ सय लागु औषध ट्रामाडोल ट्याब्लेट सहित २ जना पक्राउ

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com