ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानिय तहमा उधमशिलता विकास गर्न एक करोड रुपैया


admin
मंसिर २७, २०७४ बुधबार  १२ : ४५ बजे

काठमाडौं, २७ मंसिर । प्रत्येक स्थानिय तहले अब गाउँ शहरमा उधमशीलता विकास गर्नको लागि एक करोड रुपैया पाउने भएका छन् । स्थानीय स्तरमा नै व्यवसाय सञ्चालन, आर्थिक गतिविधीलाई बढाउन साथै बेरोजार युवालाई स्वरोजगारीको अवसर सिर्जना गर्न युवा स्वरोजगार कोषले हरेक स्थानिय तहमा एक करोड रुपैयाँ उपलब्ध गराउने तयारी गरेको हो । कोष सञ्चालक समितिले स्थानिय तहमा एक करोड रुपैया उपलब्ध गराउने लगानी निर्देशिका तयार गरेको छ । मन्त्रीपरिषद् बैठकले भने उक्त निर्देशिका हालसम्म स्वीकृत गरिसकेको छैन ।

स्वरोजगार कोषले यस अघि गाउँका विभिन्न सहकारीसगँ सहकार्य गरि बेरोजगार युवायुवतीलाई बिनाधितो दुई लाख रुपैयाँ सम्म लगानी गर्दै आएको थियो । सो लगानी उधम , व्यवसाय गर्न अपुग भएको गुनासो आएपछि कोषले स्थानिय तहमा एक करोड लगानी गर्ने प्रस्ताव अगाडी ल्याएको हो । कोषले लगानीको कार्यक्रम आर्थिक वर्ष ०६८ ६९ मै सुरुवात गरेपनि राजनितीक दल र तिनका भातृ संगठनले कोषको रकम लिएर दुरुपयोग गरेको पाइएपछि कोषको आलोचना भएको थियो ।

कोषले उपलब्ध गराउने एक करोड रुपैया कहा र कसरी प्रयोग हुने भन्ने विषय सम्बन्धित सम्पुर्ण अधिकार गाउपालिका र नगरपालिकामा निहित रहने कोष सञ्चालक समितीले जनाएको छ । हाल कोषले १८ देखि ५० वर्ष उमेर समूहका व्यक्तिलाई ४२ महिनाभित्र ऋण चुक्ता गर्ने गरी सहकारीमार्फत युवायुवतीलाई उधम गर्न बिना धितो प्रतिव्यक्ति दुई लाख रुपैयासम्म ऋण उपलब्ध गराउदै आएको छ । सहकारीले ऋणमा १० प्रतिशत ब्याज लगाउने र तोकिएको समयभित्र ऋण चुक्ता गरेको खण्डमा कोषले ब्याजमा ६० प्रतिशत छुट दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com