ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पाको समानुपातिकमा २२ प्रतिशतभन्दा बढी मत बदर


admin

रोल्पा, २७ मंसिर।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मंसिर १० गते भएको मतदानमा समानुपातिकतर्फ रोल्पाका मतदाताले ठूलो सङ्ख्यामा मत बदर गरेका छन् ।

प्रतिनिधिसभातर्फ खसेको कूल मत ७० हजार ५७० मध्ये ११ हजार ४९४ मत बदर भएको छ । यो सङ्ख्या खसेको कूल मतको १६ प्रतिशतभन्दा बढी हो । यो सङ्ख्या जिल्लामा नेकपा (एमाले)ले प्राप्त गरेको मतभन्दा बढी हो ।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ जिल्लामा नेकपा (माओवादी केन्द्र)ले २७ हजार २२०, नेपाली काँग्रेसले १६ हजार ८४७ र एमालेले १० हजार ५४५ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभामा बदर मतको सङ्ख्या प्रतिनिधिसभाको मतभन्दा बढी देखिएको छ । जिल्लाको दुवै प्रदेशसभामा ७० हजार ५७० मत खसेकामा १५ हजार ७६६ मत बदर भएको थियो । यो सङ्ख्या प्रदेशसभाका लागि दुवै निर्वाचन क्षेत्रबाट खसेको मतको २२ प्रतिशतभन्दा बढी हो ।

प्रदेशसभाका लागि बदर भएको मत जिल्लामा नेपाली काँग्रेस र एमालले प्राप्त गरेको मतभन्दा बढी हो । प्रदेशसभाका लागि माओवादी केन्द्रले २५ हजार २६० मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १४ हजार ४१८ र एमालेले १० हजार २७१ मत प्राप्त गरेका थिए ।

जिल्लामा यति धेरै मत बदर भएसँगै निर्वाचन शिक्षाका बारेमा प्रश्न उठ्न थालेको छ । ठूलो धनराशि खर्च गरेर गरिने मतदाता शिक्षाको परम्परागत पद्धतिले मतदातालाई कुनै प्रभाव नपारेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com