ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा अध्यक्ष प्रचण्डलाई ओलीको प्रस्ताव : मिलेर चुनावमा जाऔँ, जितेर आऊँ


एबीसी / संवाददाता
पुस ५, २०७७ आईतबार  ८ : ४२ बजे

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदबाट प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएर मिलेर चुनावमा भाग लिएर जितेर आउन प्रस्ताव गर्नु भएको छ । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीसँग भएको संवादबारे ब्रिफिङ सुनाउँदै प्रचण्डले त्यस्तो जानकारी गराउनु भएको हो ।

मन्त्रिपरिषदबाट विघटनको सिफारिस भएको जानकारी पाएलगत्तै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको थियो । ‘म विघटनको जानकारी पाएपछि बालुवाटार पुगेको थिएँ । उहाँले विघटन गर्ने त मैले निर्णय गरिसकेँ, जे हुनु भइहाल्यो, अब मिलेर चुनावमा जाऔँ, एकताबद्ध भएर लडौँ, जितेर आऔँ भन्ने प्रस्ताव पो गर्नुभो,’ प्रचण्डले ओलीसँग भएको सवाल–जवाफबारे बैठकलाई गरेको ब्रिफिङ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘तपाईंले मिल्ने काम गर्नुभएको छ र सँगै मिलेर चुनावमा जाने ? अनि कसरी एकताबद्ध भएर जितेर आउने कुरा हुन्छ ? यत्रो च्यालेन्ज गर्ने जति काम गरिसकेपछि तपाईंले त्यस्तो प्रस्ताव गर्ने ?’ बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्नुभएको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरूले भने कुनै सम्बोधन गरेनन् । बैठकले ओलीलाई अनुशासनको कारबाही गर्नका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजानेसहितको दुईबुँदे प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

सम्बन्धित

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com