ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उखु किसानलाई पैसा दिने जिम्मा हाम्रो होइन, उद्योगविरुद्ध मुद्दा हाल्नुहोस्– मन्त्रालय


एबीसी / संवाददाता

काठमाडौं, २९ मंसिर । सरकारले वार्ताको लागि राखेको प्रस्ताव उखु किसानले अस्वीकार गरेका छन् । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानलाई वार्तामा बोलाए पनि उनीहरु आउन नमानेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले बताउनुभयो ।

मन्त्रालयले चिनी मिल सञ्चालकसँग समन्वय गर्ने र पैसा दिलाउन सहजीकरण गरिदिने तर किसानको हातमा नगद नै दिन नसक्ने उहाँ बताउनु हुन्छ । प्रवक्ता रेग्मी भन्नुभयो ‘उखु किसानलाई पैसा दिने जिम्मा हाम्रो होइन, हामीले त सहजीकरण गरिदिने मात्र हो, त्यसको लागि पहल गरेकै छौँ तर उहाँहरु वार्तामा समेत आउन मान्नुभएको छैन’।

उखु किनेबापतको पैसा नदिने उद्यागीविरुद्ध किसानले जिल्ला प्रशासन वा प्रहरीमा ठगी मुद्दा दर्ता गराएमा पैसा असुलको लागि सहज हुने पनि प्रवक्ता रेग्मीले बताउनुभयो । ‘उखु किसानलाई पैसा दिन्छौँ भनेर पटक–पटक सहमति गर्ने तर पैसा नदिने विषय ठगीसँग सम्बन्धित छ, उहाँहरुले जिल्ला प्रशासन कार्यालय वा प्रहरीमा उद्योगीविरुद्ध मुद्दा हाल्नुपर्ने हो’, रेग्मी बताउनुहुन्छ तर उखु किसानको समस्याका बारेमा उद्योग मन्त्रालय मात्रै नभइ कृषि मन्त्रालय र गृह मन्त्रालय पनि जिम्मेवार रहेको उहाँको भनाइ छ ।

रेग्मीले सोमबार पटक–पटक उखु किसानका अगुवालाई वार्ताको लागि फोन गरे पनि उहाँहरु वार्तामा बस्नै नमानेको बताउनुभयो । कुन किसानले कति रकम कुन मिलबाट पाउनुपर्नेछ भनेर विवरण माग्दा पनि किसानले नदिएको प्रवक्ता रेग्मीको दाबी छ । ‘मैले बिहान राकेश (उखु किसान सङ्घर्ष समितिका संरक्षक) जीलाई किसानले पाउनुपर्ने रकमको विवरण मागेँ तर उहाँले तपाईँहरुलाई नै थाहा होला नि भन्ने जवाफ दिनुभयो’, रेग्मीको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com