ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक हत्यापछि ७७ जिल्लामै बढाइयो सुरक्षा सतर्कता : मोरङको मिक्लाजुङमा संयुक्त सुरक्षा बेस स्थापना


एबीसी / संवाददाता

मोरङ, २९ मंसिर ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एक शिक्षकको हत्या गरेपछि सरकारले मोरङको मिक्लाजुङमा संयुक्त सुरक्षा बेस खडा गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको गत मंगलबार हत्या भएपछि सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ५१ जना सुरक्षाकर्मीको संयुक्त सुरक्षा बेस खडा गरेको हो ।आइतबार स्थापना गरिएको संयुक्त बेस क्याम्पमा सशस्त्र प्रहरीको ३६ सुरक्षाकर्मीको नेतृत्व प्रहरी निरीक्षक सुमन बुढाथोकीले गर्नुभएको छ भने १५ नेपाल प्रहरीको नेतृत्व प्रहरी निरीक्षक मिलन थापाले गर्नुभएको छ।

विप्लव समूहको आपराधिक गतिविधि बढेपछि त्यस क्षेत्रको सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै संयुक्त सुरक्षा बेस क्याम्प राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो । बेशमा खटिएका सुरक्षाकर्मीले गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवन प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको वडाध्यक्ष नरबहादुर राईले बताउनुभयो । विप्लव समूहले घरैबाट अपहरण गरेर लगेका शिक्षक श्रेष्ठलाई गत मंगलबार घाँटी रेटी हत्या गरेपछि मिक्लाजुङ क्षेत्रमा त्रास छाएको छ । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमितेलगायत क्षेत्रमा सर्च गरिरहेको छ ।

७७ जिल्लामै बढाइयो सुरक्षा सतर्कता

विप्लव नेपाल प्रहरीले बुधबार नै मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ ।कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो ।प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका सुरक्षा चुनौती विष्लेषण गरेर संयुक्तरूपमा टोली परिचालन गर्ने कुरालाई विशेष ध्यान दिँदै सुरक्षा सतर्कता उच्च बनाउन निर्देशन दिइएको बताउनुभयो । शिक्षक हत्याको भोलिपल्ट गत बुधबार गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायमा प्रमुखसँग ‘सुरक्षा ब्रिफिङ’ लिएको थियो ।

गतिविधि आपराधिक हुन थालेपछि सरकारले विसं २०७५ फागुन २८ गतेबाट चन्द समूहका गतिविधि रोक्ने निर्णय गरेको थियो । यसपछि प्रहरीले उपल्लोस्तरका नेतासहित झण्डै दुई हजारलाई पक्राउ गरी कारवाही गरेको थियो । तीमध्ये एक हजार ८९४ मुद्दा दर्ता भएको छ । पक्राउ परेकामध्ये धेरै छुटेका छन् ।

प्राप्त विवरणअनुसार १३८ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु सबै छुटेका छन् । छयालीस जनाविरुद्ध अहिले अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिनुभयो । यसबीचमा चन्द समूहबाट प्रहरीले ४३ वटा पेस्तोल, विभिन्न हतियारमा प्रयोग हुने ५०० राउण्डभन्दा बढी गोली, दुई रिभल्बर, तीन थ्रीनट थ्री, एकरएक थान एसएलआर र एलएमजी, एम–१६ र सात एसएमजी बरामद गरिसकेको छ । यस्तै प्रहरीले दुई प्रेसर कुकर बम, आठ सुतली बम, २३ सकेट बम, ३८ हाते ग्रिनेट, २१० थान डेटोनेटर पनि बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com