ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापाली जनतालाई केपि ओलीको ‘धन्यवाद’


admin

भद्रपुर, २५ मंसिर। नेकपा (एमाले) का अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले झापाली जनता देशले चाहेको परिवर्तनलाई आत्मसाथ गरी देखाएको अभिमतप्रति धन्यवाद दिनुभएको छ ।

झापा जिल्ला निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ५ द्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा र प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा निर्वाचनमा सहयोग पु¥याउने सबैलाई हार्दिक धन्यवाद दिँदै लोकतान्त्रिक अभ्यासमा आम नागरिकले खेलेको सकारात्मक भूमिकाप्रति खुशी व्यक्त गर्नुभयो ।

निर्वाचनलाई बिथोल्न खोज्ने समूहले छिटफूट घटना गराएपनि उनीहरु जनताबाट बहिष्कृत भएका छन् भन्नुहुँदै अध्यक्ष ओलीले अहिलेको जनमत जनताले चाहेबमोजिमको परिवर्तनको अभिव्यक्ति हो भन्नुभयो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं ५ का निर्वाचन अधिकृत शकुन्तला कार्कीले नवनिर्वाचित प्रातिनिधिसभाका सदस्य केपी शर्मा ओली तथा प्रदेश सभाका सदस्यद्वय अर्जुन राई र हिक्मतकुमार कार्कीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com