ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्ध जन्मभूमिबारेको त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह


एबीसी / संवाददाता
मंसिर २३, २०७७ मंगलबार  ७ : ०४ बजे

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताउनुभएको छ । कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ‘शान्ति सुद्धम्मावासा’ ज्येष्ठ नागरिक आवास गृहको आज शिलान्यास गर्दै उहाँले धर्मको मूलमन्त्र शान्ति र मेलमिलाप तथा एकता हुनुपर्ने बताउनुभयो । “हरेक धर्म मेलमिलापका लागि हुनपर्छ, फाटोको निम्ति होइन”, उहाँले भन्नुभयो, “बुद्ध दर्शनले हामीलाई यस कुरामा प्रष्ट गरेको छ ।”

प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध नेपालको भूमिमा जन्मिएको भए पनि बुद्ध धर्मको प्रचार र लुम्बिनीको विकासमा विदेशीको भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकार लागिपरेको बताउनुभयो । “लुम्बिनीको विकासका लागि आफ्नो कर्तव्य पूरा गर्न तीव्रताका साथ अगाडि बढ्नु जरुरी छ”, उहाँले भन्नुभयो । बुद्ध जन्मभूमिबारे फैलाइएका भ्रम पछिल्ला समय विश्वभरबाट हट्दै गएको उल्लेख गर्दै अमेरिकाले विद्यालयको पाठ्यक्रमबाट बुद्धको जन्मभूमिसम्बन्धी भ्रम सच्याएको जानकारी पाइएको बताउनुभयो । “अमेरिकाले बुद्ध नेपालमा नभई अन्यत्रै जन्मिएको भन्ने विषय पाठ्यपुस्तकबाट हटाएर नेपालमै जन्मिएको भनेर लेखेको छ”, उहाँले भन्नुभयो, “अन्य देशको पाठ्यक्रममा पनि त्रुटि भएको भए म सच्याउन आग्रह गर्दछु ।”

लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रुपमा विकास गरिने उल्लेख गर्दै उहाँले लुम्बिनीमा निर्माण गर्न लागिएको पाँच हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । प्रकृति र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले लुम्बिनीलाई प्रकृतिमय, मानवमैत्री, जीवनमैत्री ध्यान केन्द्रका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “पारिस्थितिक प्रणालीको नमूनाका रुपमा हामी लुम्बिनीलाई विकास गर्दैछौँ”, उहाँले भन्नुभयो ।

पछिल्ला समय सत्यभन्दा स्वार्थ ठूलो भइरहेकाले समाजमा द्वन्द्व बढ्दै गएको भन्दै उहाँले स्वार्थको भन्दा पनि सत्यको पुजारी बन्न अपिल गर्नुभयो । स्वार्थ हावी हुँदा आफूले देश र जनताका पक्षमा काम गर्दा पनि कुनै पक्षबाट सहयोग नपाएको प्रधानमन्त्रीले बताउनुभयो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सरकार लागिपरेको उल्लेख गर्दै उहाँले अब कुनै पनि नेपालीले असुरक्षा र अभाव महसुस गर्नु नपर्ने बताउनुभयो ।

“अब कसैले पनि म हेपिएँ, ठगिएँ, असुरक्षित र अभावग्रस्त छु भन्ने महसुस गर्नु पर्दैन, सरकार आवश्यक र औचित्यका आधार तथा जैविक र न्यायोचित रुपमा प्राप्त गर्नुपर्ने कुरा पूरा गर्न तयार छ ।” चन्दा नदिएकै भरमा केही अवाञ्छित तत्व व्यक्ति हत्यामा उत्रिएका भए पनि सरकार हत्या, हिंसा रोक्न क्रियाशील रहेको बताउनुभयो । सबैले निर्भय भएर बाँच्न पाउने वातावरण सिर्जना गरिने उहाँको भनाइ थियो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले आफू सो क्षेत्रमा सर्वदलीय संयन्त्रमा रहँदैदेखि नै विहारको विकासमा लागेको जानकारी गराउँदै ज्येष्ठ नागरिक आवास गृहको निर्माणमा सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विहारका प्रमुख डा अनोजा गुरुमांले ज्येष्ठ नागरिकलाई सम्मान र सुविधाका लागि रु ३० करोडको लागतमा आवासगृह निर्माण गर्न लागिएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आवासगृह निर्माण गर्न धर्मपत्नी राधिका शाक्यका तर्फबाट रु पाँच लाख सहयोग उपलब्ध गराइने घोषणा गर्नुभएको थियो । विहारले शारीरिक तथा मानसिक स्वास्थ्य सबल बनाउन विपश्यना ध्यान तथा जनस्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com