ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीसदन : राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी पनि सर्वसाधारणका लागि खुला


एबीसी / संवाददाता

काठमाडौँ, ६ मंसिर । राजा–रानीको निजी निवास कस्तो होला भन्ने कौतूूहल अब बल्ल मेटिने भएको छ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवास ‘श्रीसदन’ आइतबारबाट नागरिकका लागि खुला गर्न लागिएको छ ।

तत्कालीन राजा वीरेन्द्रले आफ्नो डिजाइनमा तयार गर्न लगाउनुभएको सो भवन २०२३ सालमा निर्माण गरिएको थियो । युवराजाधिराज उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार श्रीसदन निर्माणपछि राजा वीरेन्द्र महेन्द्र मञ्जिलबाट सर्नुभएको थियो ।

तत्कालीन राजा महेन्द्र उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिलमा र तत्कालीन राजा दीपेन्द्र उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सर्नुभएको थियो ।

नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गर्ने जानकारी दिँदै भन्नुभयो, “अब सबैको प्रतीक्षा सकिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका साथै ग्यारेज र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउनेछन् । ”

कोरोना भाइरसका कारण बन्दाबन्दी सुरु भएलगत्तै नारायणहिटी दरबार सङ्ग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो । आइतबारबाटै सङ्ग्रहालय पुनः खुला गरिँदै छ । एउटै टिकटबाट नयाँ खुला हुने स्थान पनि अवलोकन गर्न पाइनेछ ।

श्रीसदनमा १२ वटा कोठा छन् । तत्कालीन राजा वीरेन्द्रले निर्माण सम्पन्न भइसकेपछि प्राकृतिक रूपमा देखिने भन्दै भवनबाहिर रङरोगन गर्न दिनुभएन । तीनतले सो भवनको भुुइँतलामा तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय, भान्सा कोठा, खाना खाने कोठा (डाइनिङ हल) र विश्राम गर्ने कोठा रहेको छ । दीपेन्द्र शाह उमेर नपुगुन्जेल श्रीसदनको भुइँतलामा बस्ने गर्नुहुन्थ्यो । उहाँ त्रिभुवन सदनमा सर्नुभएपछि सो कोठा खाली थियो । भुइँतलामा मदिरा पिउन बारको समेत व्यवस्था थियो । दरबार हत्याकाण्डपछि त्यहाँ रहेका महँंगा रक्सी कसले लग्यो भन्ने अत्तोपत्तो नभएको दरबारका पुराना कर्मचारी सुनाउँछन् ।

श्रीसदनको पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष हेर्न पाइन्छ । रानी ऐश्वर्यको कक्षमा क्यासेट प्लेयर, गीतका चक्का, टेलिभिजन आदि राखिएका छन् । दोस्रो तलामा तत्कालीन अधिराजकुमार नीराजनको शयन कक्ष र तत्कालीन अधिराजकुमारी श्रुतिको शयन कक्ष छ ।

सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले सन् १९३९ मा तत्कालीन राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी पनि सर्वसाधारणका लागि खुला गरिने जानकारी दिनुभयो । उहाँका अनुसार ग्यारेजमा सो कारका साथै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले प्रयोग गर्नुभएका गाडी, दीपेन्द्र, श्रुति र नीराजन शाहले सानोमा प्रयोग गर्नुभएको खेलौना गाडी, वीरेन्द्रले प्रयोग गर्नुभएको
हवाईजहाज र हेलिकप्टरसमेत प्रदर्शनीमा राखिने भएको छ ।

विमानहरू बदामे चौरमा राखिएका छन् । श्रीसदनबाट गणतन्त्र स्मारकसम्म जाँदा बीचमा पर्ने टुकुचा खोलामा पुल नभएकाले नारायणहिटी दरबार परिसरबाट बाहिरिएपछि पूर्वतर्फ रहेको प्रवेशद्वारबाट गणतन्त्र स्मारक जान सक्ने व्यवस्था गरिएको छ । उहाँले अवलोकनकर्तालाई मास्क लगाउन अनिवार्य गरिएको बताउँदै ठाउँठाउँमा सेनिटाइजरको व्यवस्था गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com