ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद्को निर्णय : व्यवसाय निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा


एबीसी / संवाददाता

काठमाडौँ, ५ मंसिर । सरकारले कोभिड–१९ बाट प्रभावित भएका व्यवसायलाई निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार आजदेखि नै लागू हुने गरी रोगको महारीबाट प्रभावित घरेलु तथा साना उद्यम सञ्चालन, विभिन्न व्यवसायको श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरताका लागि व्यावसायिक कर्जा उपलब्ध गराउने भएको हो ।

यसका लागि मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ पारित गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा कात्तिक २७ र मङ्सिर ३ गते भएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले कर्जा प्रभावका लागि अति प्रभावित, मध्यम र न्यून प्रभावित क्षेत्र तोकेर तीन भागमा विभाजन गरिएको जानकारी दिनुभयो । उक्त कार्यविधि आजकै मितिदेखि लागू भएको उहाँले जानकारी दिनुभयो ।

विगतमा व्यवसायीबाट आएको मागलाई सम्बोधन गर्दै उक्त निर्णय गरिएको सरकारले जनाएको छ । उक्त कार्यक्रमका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट प्रस्तावित १५ करोड डलर (करिब रु १८ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले ‘सहलगानीसम्बन्धी कार्यविधि, २०७७’ समेत स्वीकृत गरेको छ । नेपालको संविधानबमोजिम नै सङ्घ रप्रदेश र स्थानीय तहको पारस्परिक समन्वय र सहकार्यका आधारमा सहलगानीका माध्यामबाट विकास र पूर्वाधार निर्माणलाई प्रभावकारी बनाउन सरकारले उक्त कार्यविधि ल्याएको हो । “कुनै स्थानीय तहको गौरवको आयोजना छ भने त्यसमा सङ्घ र प्रदेशलेसमेत लगानी गर्न सक्नेछ”, मन्त्री गुरुङले भन्नुभयो ।

सरकारले गैरकानूनीरुपमा लामो समयसम्म नेपालमा बसोबास गर्दै आएका विदेशी नागरिकलाई निष्कासन गर्ने निर्णय पनि गरेको छ । निष्कासनमा पर्नेमा अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट र यमन गणराज्यका नागरिक मोहम्मद स्माइल अहमेद ओवादी तथा नासिम स्माइल अहमेद ओबादी रहेका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा काठमाडौँका उद्वप्रसाद तिमिल्सिनालाई नियुक्ति गर्ने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले सुर्खेत र विराटनगर विमानस्थलका लागि नागरिक उड्डयन प्राधिकरणलाई जग्गा अधिग्रहण गर्न स्वीकृत प्रदान गरेको छ । सुर्खेतका लागि २० र विराटनगरका लागि १२६ बिघा अधिग्रहण गर्न स्वीकृत प्रदान गरिएको छ ।

यस्तै सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी सो सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com