ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज सार्वजनिक बिदा : केही नेवार समुदायले आज भाइटीका लगाउँदै


एबीसी / संवाददाता
मंसिर २, २०७७ मंगलबार  ७ : ४७ बजे

काठमाडौँ, २ मंसिर । केही नेवार समुदायले आज (मङ्गलबार) भाइटीका लगाउँदै छन् । हिजो (सोमबार) म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् ।आइतबार म्हः पूजा नगरेका नेवार समुदायले हिजो म्हः पूजा गरेका हुन् । म्हः पूजा गर्न नेवार समुदाय विभाजित भएका हुन् । नेपाल सम्वतकै दिन आत्मा पूजा गर्नेले हिजो र अरू केहीले अस्ति बेलुका म्हः पूजा गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हिजो नेपाल सम्वतको नयाँ वर्ष ११४१ मनाएर आत्मा पूजा गर्नेले आज भाइटीका लगाउँदैछन् । किजा पूजाका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मा पूजा गर्ने परम्परा शास्त्रीय भएको समितिका सदस्य कीर्तिमदन जोशीले बताउनुभयो ।

कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । दिदीबहिनी नहुनेका लागि काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज पनि खुलेको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने गर्छ । तर यसपाली आज बिहान पनि केही समय द्वितीया तिथि रहेकाले आज भाइटीका लगाउनेहरूका लागि पनि मन्दिर खुला गरिएको हो । बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म नै मन्दिर खुला रहने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com