ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाविरुद्ध मोडर्नाले बनाइरहेको खोप ‘९५ प्रतिशत प्रभावकारी’ खोपबारे डब्ल्युएचओको भनाई यस्तो


एबीसी / संवाददाता

काठमाडौँ, २ मंसिर । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अर्को सफलता प्राप्त भएको दाबी गरिएको छ । कोरोनाविरुद्ध अमेरिकी कम्पनी मोडर्नाले बनाइरहेको खोप प्रभावकारी देखिएको दाबी गरिएको हो । सोमबार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध आफूले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको हो ।

केही दिनअघि फाइजर र बायो एनटेकले संयुक्त रुपमा विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले कोरोनाविरुद्धको तेस्रो चरणको चिकित्सकीय परीक्षणका उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको बताएको हो । मोडर्नाको परीक्षणमा ३० हजार स्वयंसेवी सहभागी भएको बताइएको छ ।

तीमध्ये आधालाई २८ दिनका अन्तरमा खोपको २ डोज दिइएको थियो भने आधालाई उति नै समयावधिमा प्लेसिबोको दुई सट दिइएको थियो ।‘तेस्रो चरणको परीक्षणअन्तर्गतको अन्तरिम विश्लेषणले हाम्रो खोपले गम्भीर प्रकृतिका रोगसहितका कोरोना बिरामीलाई निको बनाउन सक्छ भन्ने देखिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मोर्डनाले पनि फाइजर र बायो एनटेकले प्रयोग गरेकै विधि अपनाई कोरोनाविरुद्धको खोप बनाइरहेको छ । यो खोप मोलिक्युलमा आधारित छ, जसलाई ‘एमआरएनए’ वा ‘मेसेन्जर आरएनए’ का नामले चिनिन्छ ।

उक्त मोलिक्युलले शरीरको कोशिकाभित्र प्रोटिनको विकासमा सहयोग पुर्याउने अनुसन्धानकर्मीहरुले बताएका छन् । यो प्रविधिमा आधारित खोपले कुनै साइड इफेक्टबिना एन्टिबडीको विकास गरी भाइरसलाई परास्त गर्ने दाबी पनि गरिएको छ । त्यसैले ‘एमआरएनए’ प्रविधिमा आधारित कोरोनाविरुद्धका २ खोपको परीक्षण प्रभावकारी देखिनु चिकित्सा क्षेत्रका लागि खुसीको खबर भएको वैज्ञानिकहरु बताउँछन् ।

मोडर्नाले विकास गरिरहेको खोपको सुरक्षित भण्डारण पनि फाइजरको भन्दा फरक रहेको छ । मोडर्नाले आफूले विकास गरिरहेको खोप माइनस ४ डिग्री सेल्सियसको तापक्रममै सुरक्षित रुपमा भण्डार गर्न सकिने दाबी गरेको छ । जुन घरमा राखिने फ्रिजमा पनि सम्भव देखिन्छ । तर फाइजरले बनाइरहेको खोप भने माइनस ७० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्ने बताइएको छ ।

दुवै कम्पनीले अमेरिकाको नियमनकारी निकाय खाद्य तथा औषधि प्रशासन९एफडीए० बाट खोपको सुरक्षा र प्रभावकारिताबारे अझै पनि ‘सेफ्टी डेटा’ लिने काम गरिरहेका छन् ।मोडर्नाले केही हप्तामा एफडीएमा खोपको आपत्कालीन प्रयोगका लागि निवेदन पेस गर्ने बताएको छ ।

मोडर्नाले विकास गरिरहेको कोरोना खोपको प्रभावकारिता सफल हुनु अत्यन्तै उत्साहजनक कुरा भएको अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा। एन्थोनी फौचीले प्रतिक्रिया दिएका छन् । ‘यो निकै नै उत्साहजनक परिणाम हो,’ सीएनएनसँगको कुराकानीमा डा। फौचीले भनेका छन्, ‘९४।५ प्रतिशत प्रभावकारी देखिनु अत्यन्तै उत्कृष्ट नतिजा हो ।’ यसैवीच खोपले मात्रै कोरोना नियन्त्रण नहुने विश्व स्वास्थ्य संगठनले बताएको छ । विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको हो ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, ‘खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।’

टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रितरूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, उमेर घर्केका ९पाका० व्यक्ति र अन्य जोखिममा रहेको जनसङ्ख्या रहनुपर्ने बताए ।

यसबाट सङ्क्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com