ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले गरे बामदेव गौतमलाई सरकारमा सहभागी हुन आग्रह, गौतमले फर्काए यस्तो जबाफ


एबीसी / संवाददाता

काठमाडौं,३० कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । उहाले भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेकव प्रस्तावमा आफ्नो पनि योगदान रहेको प्रधानमन्त्रीलाई बताउनुभयो । ‘प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव हामी सचिवालयका पाँचैजना कमरेडहरुले मिलेर तयार गरेका हौं’ गौतमले प्रधानमन्त्री ओलीलाई भन्नुभयो ‘यो प्रस्ताव तयार गर्नमा कम–बेसी मेरो पनि योगदान छ । यो प्रचण्डले पेश गरे पनि यसमा प्रचण्डमात्रै होइन, पाँचैजना संलग्न छौं ।’

उपाध्यक्ष गौतमले बालुवाटार पुगेर सो प्रस्ताव प्रचण्डको मात्रै नभई पाँचै जना नेताहरुको साझा प्रस्ताव भएको प्रधानमन्त्रीलाई बताउनुभएको बामदेव निकट स्रोतले जनाएको छ ।शुक्रबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न प्रवृत्तिगत आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

यसअघि शुक्रबार पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधब नेपाल र गौतमसँग छलफल गर्नुभएको थियो । उहालाई पनि गौतम जस्तै अफर गरेको नेकपा स्रोतले जनाएको छ । सत्तारुढ नेकपाभित्र केही समयदेखि विवाद चुलिएको छ । प्रधानमन्त्री ओलीले केही पूर्व माओवादीका नेतालाई समेत बोलाएर आफुलाई सहयोग गर्न आग्रह गरेको स्रोतले जानकारी दिएको छ । पार्टीका दुई अध्यक्षबीच भएको पत्राचार र आरोप–प्रत्यारोपका कारण पार्टी एकता अझ संकटमा परेको अनुमान गरिएको छ ।

उपाध्यक्ष गौतमसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । तर, गौतमले ‘यो समस्याको सर्जक तपाई आफैं हो भन्दै आफैं समाधान निकाल्न’ सुझाएको बालुवाटार स्रोतले जनाएको छ । ‘यो समस्या तपाई र प्रचण्डले जानेर÷नजानेर सिर्जना गर्नुभएको हो । यो समस्या तपाईहरु दुईटासित सम्बन्धित भएर आयो ।

दुईटामा पनि तपाई पहिलो नम्बरमा हुनुहुन्छ’ गौतमले प्रधानमन्त्री ओलीलाई भन्नुभयो ‘त्यसो भएर तपाईले नै यो समस्या यसरी समाधान गर्ने भनेर भनेपछि त्यसमा मेरो सहयोग हुन्छ । तपाईले नै यसरी समाधान गर्छु भनेर अगुवाई नगर्ने हो भने मलाई मात्रै भनेर मसित कुनै बाटो छैन ।’ स्रोतका अनुसार उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई भने, ‘समस्या सिर्जना हुनमा मेरो कमजोरी के छ भनेर सोच्नोस् । प्रचण्डले पनि सोच्नुपर्छ, तपाईले पनि सोच्नुपर्छ । दुबैले महसुस गरेपछि बल्ल समाधान हुन्छ । जबसम्म तपाईहरुले यो महसुस गर्नुहुँदैन, त्यसबेलासम्म समस्याको पहिचान हुँदैन र समाधान पनि हुँदैन ।’ यसैबीच, प्रधानमन्त्री ओलीले वामदेवलाई सरकारमा सहभागी हुन र मन्त्री बन्न प्रस्ताव गरेको तर उपाध्यक्ष गौतमले त्यसलाई अस्वीकार गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com