ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५०० वर्षपछि दीपावलीको यो अद्भुत संयोग , (पूजाविधि सहित)


एबीसी / संवाददाता
कार्तिक २९, २०७७ शनिबार  ८ : ३२ बजे

काठमाडौं, २९ कात्तिक । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । कात्तिक महिनाको शुक्लपक्ष पूर्णिमासम्म यो पर्व मनाइन्छ ।

यो पर्वलाई कालो औशीको रात भन्ने बुझिन्छ । तर यो कालो औंशीको रातलाई हामी बत्ती बालेर सकेसम्म तेलका दियोहरु,घ्यूका दीपकहरु, मैनबत्तीहरु, बिजुली बत्तीहरु बालेर उज्यालोको पर्वमा जागरण गरेर, लक्ष्मीको उपासना गरेर लक्ष्मी भित्र्याउदैछौं ।

समुन्द्र मन्थनबाट प्रकाट्य भएकी भगवती लक्ष्मी हात्तीद्धार सोभित भएकी छिन् । उल्लुको बाहन भएकी लक्ष्मीको हामी पूजा गर्दैनौं । अहिले बजारमा उल्लुमा सवार लक्ष्मीको फोटा पाउन छोडिएको छ ।

पहिले पहिले उल्लुमा विराजमान भएकी लक्ष्मीको पूजा हुने गर्दथ्यो । तर उल्लुमा सवार लक्ष्मीको पूजा गरे शुभ नहुने ज्योषशास्त्रले बताएको छ ।

१। सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्नुपर्दछ ।

२। यदि सिमेन्टद्धारा निर्मित घरमा नुन पानीले सबैतिर पुछ्नुपर्छ ।

३। लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा चौकी जस्तो खटिया राख्ने । खटिया माथि गणेश,सरस्वती, लक्ष्मी, श्रीयन्त, कुबेरयन्त्र जेजे रहेका छन् सबै राख्ने ।

४। त्यसपछि दीप प्रज्वलन गर्ने त्यसछि कलश र गणेशको पूजा गर्ने ।

५। लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरुको गुरुद्धारा तथा आफैद्धारा पूजा गर्ने ।

६। त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङलामा धान,चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्वलीत गर्नको लागि घ्यू र तीलको तेलमा बलेका दियो अगाडी राख्ने ।

७। कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।

५ सय वर्षपछि दीपावलीको यो महासंयोग

तीन ग्रहको दुर्लभ संयोगका कारण यसपटक पाँच दिन मनाइने दीपावली चार दिनमा सिमित भएको छ ।

ज्योतिषाचार्यहरुलाई मान्ने हो भने यो दुर्लभ संयोग सन् १५२१ मा पनि बनेको थियो । अर्थात् आजभन्दा पाँच सय वर्ष पहिले ।

आज शनिबारको दिन यो विशेष संयोग बनेको हो । अहिले दीप पर्व गुरु ग्रह आफ्नो स्वराशी धनु तथा शनि आफ्नो स्वराशी मकरमा रहने भएको छ । त्यस्तै, लक्ष्मीको स्वग्रह शुक्र कन्या राशीमा हुने भएको छ । अनि आज लक्ष्मी पूजागर्ने समयमा स्वाति नक्षत्र रहने ज्योतिषीहरुले बताएका छन् । यसलाई नै महासंयोग भनिएको हो ।

हिजो मात्र हामीले धनतेरस पनि मनाएका थियौँ । धनतेरसको भोलिपल्टै लक्ष्मी पूजाको दिन पर्नुलाई पनि अर्को अद्भुत संयोग मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

विश्वासको मूल्य: ट्रम्पको लेनदेनमुखी नेतृत्वको अन्तर्राष्ट्रिय लागत

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com