ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिईन अध्यक्ष प्रचण्डको आग्रह


एबीसी / संवाददाता
कार्तिक २८, २०७७ शुक्रबार  ९ : ३७ बजे

काठमाडौँ, २८ कात्तिक ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिन्दै राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

विगतमा दुई अध्यक्षको सल्लाहमा लेखिने गरिए पनि शुक्रबार बालुवाटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले भिन्दै प्रतिवेदन पेश गर्नुभएको हो । कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर आत्मसमीक्षा र आत्माआलोचना गर्दै पार्टी एकता र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुपर्ने बताउनुभयो।

शुक्रबार बसेको नेकपाको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको १९ पेज लामो राजनीतिक प्रस्तावमा साँचो अर्थमा माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त मान्ने, समाजवाद उन्मुख जनताको जनवाद हुँदै समाजवादी रणनीतितर्फ अगाडि बढ्ने संगठनात्मक सिद्धान्त र विधि–पद्धति अनुसार चल्ने दलाल नोकरशाही पूँजीवादका विरुद्ध राष्ट्रिय पूँजीको विकास गर्ने, सामाजिक न्यायसहित समाजवादी अर्थतन्त्रको बीउ रोप्ने, नेपाली समाजको ऐतिहासिक विकासक्रम, नेपाली कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको नयाँ वैचारिक संश्लेषण गर्ने स्पिरिटमा पार्टी र देश निर्माणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक भएको पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

विश्वासको मूल्य: ट्रम्पको लेनदेनमुखी नेतृत्वको अन्तर्राष्ट्रिय लागत

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com