ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाइडेनले राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेपछि ट्रम्पका यस्ता नीति उल्ट्याउँदै छन् बाइडेन


एबीसी / संवाददाता

 

अमेरिका, २८ कात्तिक । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अमेरिकी अध्यागमनका क्षेत्रमा निकै उथलपुथल ल्याए । अब बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भइसकेपछि के गर्लान् ? धेरेको चासोको विषय रहेको छ ।

बाइडेनले राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेपछि सिमानामा पर्खाल लगाउने डोनाल्ड ट्रम्पको योजना अन्त्य हुनेछ भने ट्रम्पका कैयन कार्यकारी आदेशहरु बाइडेनले उल्टाउनेछन् । बाइडेनले आफैले पनि आफ्नो कार्यकालमा सिमानामा एकइन्च पनि पर्खाल नलगाइने बरु सिमानाको रक्षाका लागि उच्च प्रविधिको विकाश गर्ने बताइसकेका छन् ।

बाइडेनले चुनावी अभियानका क्रममा अमेरिकी संसदले सन् १९८६ देखि पारित गर्न नसकेको अध्यागमन सुधारको बृहत बिल अगाडि ल्याउने बताएका छन् । सन् २०१३ मा यस्तै बिल पारित गर्ने प्रयास असफल भएको थियो । डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा ४ सयभन्दा धेरै कार्यकारी आदेशहरु जारी गरेका छन्, ती उल्टाउनु बाइडेनको सुरुको एकसयदिनको पहिलो प्राथमिकतामा पर्नेछ ।

सन् २००९ मा उपराष्ट्रपतिका रुपमा सपथ लिंदै बाइडेन । पर्खाल लगाउनका लागि ट्रम्पले घोषाणा गरेको संकटकाल, यात्रा र एसाइलममाथि लगाइएका कैयन प्रतिबन्धहरु, अमेरिकामा एसाइलम खोज्नेलाई मेक्सिकोमा फिर्ता पठाउने नीति लगायतलाई खारेज गर्ने बाइडेनको चुनावी अभियानको वेवसाइटमा उल्लेख छ । त्यस्तै पब्लिक चार्जको नियम पनि खारेज गर्ने बाइडेनको योजना छ ।

बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमलाई पनि बाइडेनले पुनस्थापित गर्ने र लम्बाउनेछन् । अमेरिकामा ट्रम्प प्रशासनले शरणार्थीहरु स्वीकार गर्ने बार्षिक कोटा १५ हजारमा झारेकोमा त्यसलाई बढाएर १ लाख २५ हजार बनाउने बाइडेनको योजना रहेको छ । जुन ओबामाको बेलाको भन्दा पनि बढी हो ।

अमेरिकामा रहेका ११ मिलियन कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजान अध्यागमन सुधारको योजना ल्याउने बाइडेनको योजना रहेको छ । त्यस्तै कृषि क्षेत्रमा काम गर्नेहरुका लागि नागरिकताको प्रकृया छिटो बनाउनेदेखि रोजगारमा आधारित ग्रिनकार्डका लागि विभिन्न देशमा लगाइएको कोटाको सिमाबन्दी खारेज गर्ने बाइडेनको योजना छ ।

अध्यागमन सुधारका क्षेत्रमा सन् १९८६ देखि संसदबाट कुनै बिल पारित भएको छैन । संसदको सिनेटमा रिपब्लिकनको पकड कायम भएको खण्डमा बाइडेन प्रशासनले पनि अध्यागमन सुधारका क्षेत्रमा उल्लेख्य कदम चाल्न मुस्किल हुनेछ ।

बाइडेन अहिले अमेरिकामा कैयन आप्रवासीहरुका आशाका केन्द्र बनेका छन् । तर आप्रवासीहरुले ओबामा राष्ट्रपति र बाइडेन उपराष्ट्रपति भएकै बेलामा अमेरिकाबाट ट्रम्पको कार्यकालमा भन्दा पनि धेरै देशनिकाला भएको तथ्य भने बिर्सेका छैनन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडनको जितलाई चुनौती दिन कानुनी प्रक्रिया सुरु गरिसकेका छन् । तर, अहिलेसम्म ट्रम्पले कानुनी प्रक्रियामा आफूले जित्न सक्ने कुनै आधार वा प्रमाण पेश गर्न सकेका छैनन् । त्यसैले कुनै ढिलाइ नभए बाइडनले जनवरी २० बाट अमेरिकाको राष्ट्रपतिको रुपमा आफ्नो कार्यकाल सुरु गर्नेछन् ।

स्वास्थ्य

जो बाइडनले राष्ट्रपति निर्वाचनको प्रचारको क्रममा नै अमेरिकाको स्वास्थ्य स्याहारमा सुधारको एक महत्वपूर्ण एजेन्डा बनाएका थिए । निर्वाचित भएदेखि नै उनले अहिले विश्वभर चलिरहेको कोरोना भाइरस ९कोभिड–१९० को महामारी नियन्त्रणको लागि कार्ययोजना बनाउन छुट्टै टोली बनाइसकेका छन् । यसअघि ट्रम्पले कोरोना भाइरसलाई कमजोर भाइरस रहेको दाबी गर्दै यसको कारणले अर्थतन्त्रमा असर पार्न नहुने तर्क गर्दै आएका थिए । ट्रम्पले आफ्नो कार्यकालमा ओबामाको पालना ल्याइएको ‘हेल्थकेयर’को योजनाको पनि विरुद्धमा देखिएका थिए ।

त्यस्तै कोरोना भाइरस ९कोभिड–१९० को विषयमा जारी द्वन्द्वको कारण विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट पनि ट्रम्पले बाहिरिने निर्णय गरेका थिए । डब्ल्यूएचओ पक्षपाती हुँदै चीनको पक्ष लिएको भन्दै उनले डब्ल्यूएचओबाट बाहिरिने निर्णय गरेका थिए । तर, बाइडनले ट्रम्पको यो कदमको आलोचना गर्दै आफू राष्ट्रपति बने आफूले अमेरिकालाई पुनः डब्ल्यूएचओमा जोड्ने बताएका थिए ।

व्यापार

ट्रम्पले आफ्नो कार्यकालमा अर्थतन्त्र तथा व्यापारलाई आफ्नो प्रमुख मुद्दा बनाएका थिए । उनले अन्य मुलुकहरुले अमेरिकाबाट खराब सम्झौताको कारण उल्लेख्य लाभ लिइरहेको आरोप लगाउँदै यसअघिका सम्झौता रद्द गर्दै नयाँ सम्झौता गर्ने वा अतिरिक्त भन्सार शुल्क बढाउने नीतिलाई तीव्रता दिएका थिए । जसको सुरुवात उनले ट्रान्स प्यासेफिक पार्टनरसिप ९टीपीपी०बाट बाहिरिने निर्णयबाट गरेका थिए । ओबामाले ट्रान्स प्यासेफिक क्षेत्रमा चीनको प्रभाव कम गर्न यो सम्झौतामा सामेल हुने निर्णय गरेका थिए । यस्तोमा ओबामाकै पालामा उपराष्ट्रपति बनेका बाइडन आएपछि अमेरिकाले यो सम्झौताबारे पुनर्विचार गर्न सक्छ ।

त्यस्तै अहिले विभिन्न मुलुकसँग रहेको व्यापारिक तनाव पनि बाइडन आएपछि कम हुँदै जाने विश्लेषकहरुले बताएका छन् । बाइडनले चीनलगायत विभिन्न मुलुकसँग अहिले जारी रहेको अतिरिक्त भन्सार शुल्कको विषयमा सहयोगीहरुसँग छलफल गरेर निर्णय लिने बताइसकेका छन् । त्यस्तै अहिले विश्व व्यापार संगठन ९डब्ल्यूटीओ०को विषयमा पनि अमेरिका र अन्य मुलुकको बीचमा विवाद देखिँदै आएको छ । यो विवादको कारण डब्ल्यूटीओको महत्वपूर्ण पद रिक्त छन् । बाइडन आएपछि उनले यसमा सहकार्य गर्दै अमेरिका पुनः नेतृत्वकर्ता मुलुकको रुपमा उदाउन सक्ने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तन

बाइडनको आगमनसँगै परिवर्तन हुने अमेरिकाको नीति जलवायु परिवर्तनसम्बन्धी नीति हो । ट्रम्पले सन् २०१५ मा जलवायु परिवर्तन न्यूनीकरणको लागि भएको पेरिस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए । यससँगै गत साता अमेरिका आधिकारिक रुपमा उक्त सम्झौताबाट बाहिरिसकेको छ । बाइडनले यसअघि नै आफू राष्ट्रपतिमा निर्वाचित भए आफ्नो पहिलो निर्णय यो सम्झौतामा सामेल हुनु नै रहने बताएका थिए । त्यसैले बाइडन आएपछि अमेरिकाको जलवायु परिवर्तनको नीति परिवर्तन हुन सक्ने स्पष्ट भइसकेको छ । यससँगै बिस्तारै बाइडनको कार्यकालमा अमेरिकाका धेरै कोइला खानीहरु बन्द हुने र नवीकरणीय ऊर्जाको विस्तारमा सहयोग पुग्ने अनुमान गरिएको छ ।

इरानसँगको विवाद

ट्रम्पको कार्यकालमा अमेरिकाको इरानसँगको सम्बन्ध निकै नै चिसियो । यी दुई मुलुकको बीचमा करिब युद्धको अवस्था सृजना भयो । अमेरिकाले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट बाहिरिने निर्णय गर्दै इरानमाथि पुनः प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । सो निर्णयबाट यी दुई मुलुकको सम्बन्ध बिग्रिन सुरु भएको थियो । यसैक्रममा ट्रम्पले इरानका शक्तिशाली जनरल कासिम सुलेमानीको हत्या गर्न निर्देशन दिएका थिए ।

बाइडन आएपछि भने इरानसँगको तनाव पनि कम हुने अपेक्षा गरिएको छ । सन् २०१५ मा ओबामाकै पालामा यो सम्झौता भएकाले बाइडन इरानको मामिलामा लचिलो बन्न सक्ने अनुमान गरिएको छ । साथै यो सम्झौतामा सामेल अन्य मुलुकले पनि अमेरिकालाई यो सम्झौतामा जोडिन दबाब दिइरहेको कारण अमेरिकाले आफ्नो निर्णयमा पुनर्विचार गर्न सक्ने अपेक्षा छ ।

अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका जो बाइडनले आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com