ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा चुनावको नतिजा स्वीकार गर्न डेमोक्रेटिक पार्टीको आग्रह


एबीसी / संवाददाता
कार्तिक २८, २०७७ शुक्रबार  १२ : १७ बजे

काठमाडौं, २८ कात्तिक ।  अमेरिकामा डेमोक्रेटिक दलले रिपब्लिकन पार्टीका नेताहरूलाई चुनावको नतिजा स्वीकार गर्न आग्रह गरेका छन् ।

डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र सिनेट भनिने माथिल्लो सदनका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई मत परिणाम स्वीकार गर्न र कोरोना भाइरसका कारण उत्पन्न सङ्कटसँग जुझ्ने विषयमा सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी चुनावपछिको पहिलो टेलिभिजन सम्बोधनका क्रममा पेलोसीले सङ्क्रमणको बढ्दो दर र ज्यान जानेको सङ्ख्यालगायतका विषयलाई प्राथमिकताका साथ उठाउनुभएको थियो । अमेरिकामा लगातार आठ दिनसम्म कोरोना भाइरस सङ्क्रमणका नयाँ घटना दैनिक एक लाखभन्दा बढीले थपिएको विषयलाई पनि उहाँले उठाउनुभएको थियो ।

उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन दलले सङ्कटलाई ‘बेवास्ता गर्दै’ चुनावमा नचाहिँदो रूपमा विवाद गरेको आरोप लगाउनुभएको छ । सुमरले आर्थिक र स्वास्थ्य सङ्कटलाई सल्टाउन डेमोक्रेटिक दललाई सहयोग गर्न रिपब्लिकनहरूलाई आग्रह गर्नुभएको छ ।

अमेरिकामा कोभिड(१९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १ करोड नाघेको छ । पछिल्लो तथ्याङ्कअनुसार त्यहाँ १ करोड ५ लाख १३ हजार ६८ जना सङ्क्रमित भएका छन । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको भए पनि डोनाल्ड ट्रम्पले अहिलेसमम्म हार स्वीकार गर्नुभएको छैन । मतगणनामा समस्या देखिएको सङ्केत गर्दै उहाँले कानुनी बाटो रोज्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

सम्बन्धित

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com