ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचनका रोचक पक्ष


एबीसी / संवाददाता
कार्तिक २८, २०७७ शुक्रबार  १० : ३६ बजे

डेमोक्रेटिक पार्टीका जो वाइडेन अमेरिकाका राष्ट्रपति निर्वाचनमा विजयी भएका छन् । अमेरिकी इतिहासमै उनले सबैभन्दा बढी जनताको पपुलर मत र इलेक्टोरल कलेज मत पाए । उनका प्रत्यासी तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा पराजित भए। अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचनले धेरै अर्थमा इतिहास रचेको छ । पूर्वउपराष्ट्रपतिसमेत रहेका वाइडेन फ्लोरिडामा पराजित भए पनि राष्ट्रपतिमा निर्वाचन हुन सफल भए । फ्लोरिडामा विजयी भएका ट्रम्पले परम्परालाई निरन्तरता दिन सकेनन् । फ्लोरिडामा निर्वाचन हुने व्यक्ति नै राष्ट्रपति बन्ने गरेको इतिहास छ । यसपटक वाइडेनले त्यो परम्परा तोडेका छन् । इतिहासमै पहिलोपटक महिला उपराष्ट्रपतिमा निर्वाचित भएकी छिन् ।

कमला ह्यारिस : तीन कीर्तिमान

Kamala Harris names herself and seeks redemption, empowering so many of us  to do the same

अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसले इतिहास रच्न सफल भइन् । उपराष्ट्रपति पदमा निर्वाचित हुँदा उनका नाममा तीनवटा रेकर्ड बने । एसियन महिला उपराष्ट्रपति, प्रथम महिला उपराष्ट्रपति र कालो वर्णकी उपराष्ट्रपति । पहिलो महिला उपराष्ट्रपति, उनी कालो वर्णबाट सो पद सम्हाल्ने पहिलो व्यक्ति तथा दक्षिण एसियाबाट अमेरिकाको दोस्रो उच्च पदमा पुग्ने पहिलो महिला बनेकी छिन् । उनका बाबु जमैकन तथा आमा भारतीयमूलकी हुन् । कालो वर्णबाट क्यालिफोर्नियाको प्रतिनिधित्व गर्दै सिनेटर बन्ने उनी पहिलो व्यक्ति हुन् । यो उपलब्धि हासिल गर्ने उनी एक मात्र दक्षिण एसियन महिला हुन् ।

डोनाल्ड ट्रम्प : अझै परिणाम अस्वीकार

Donald Trump is hatching a plan to 'wreck' Fox News, insiders tell Axios -  MarketWatch

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा सबै क्षेत्रमा असफलता हात पारेका छन् । निर्वाचन विशेषतः तीन क्षेत्र महत्व मानिएको छ । पहिलो, ट्रम्पले जनताबाट पपुरल भोटिङ प्राप्त गर्न सकेनन् । उनी लगातार दुईपटक राष्ट्रपतिमा निर्वाचित हुन सकेनन् । उनी महाअभियोगबाट मुक्त हुन पाएनन् ।

२०१९ मा युक्रेनमा हस्तक्षेप गरेको र गोप्य सूचना बाँडेको भनी ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले २०१९ डिसेम्बरमा महाअभियोग लगाएको थियो । निर्वाचनमा पपुलर मत जित्न नसक्ने उनी पाँचौँ राष्ट्रपति बनेका छन् । २००० मा जर्ज डब्लू बुसपछि ट्रम्प नै पपुरल मत प्राप्त गर्न नसक्ने राष्ट्रपति बनेका छन् । जो वाइडेन निर्वाचित भएपछि ट्रम्पले परिणाम स्विकार गर्न अझै सकेका छैनन् । उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

निर्वाचनको एकदिनअघिसम्म पनि उनले निर्वाचनमा आफूलाई शंका लागेको टिप्पणी गरेका थिए । ‘यदि म पराजित भएँ भने निर्वाचनप्रति शंका रहनेछ,’ ट्रम्पले भनेका थिए। ट्रम्पले डेमोक्रेटिक पार्टी तथा वाइडेनविरुद्ध दर्जनौँ आरोप लगाए पनि कुनै प्रमाण जुटाउन सकेका छैनन् । यो केवल उनको वाक्युद्ध मात्र हो । सय वर्षको इतिहासमा राष्ट्रपतिमा निर्वाचित उम्मेदवारले विजयी हुने राष्ट्रपतिलाई बधाई दिने परम्परा छ । तर, ट्रम्पले सय वर्षको इतिहास तोडेका छन् । उनले फेयरवेल स्पिचसम्म दिएका छैनन् । सन् १९८६ मा डेमोक्रेटिक पार्टीका जो ब्रायनले रिपब्लिकनका विलियम म्याकिन्लयलाई दुई दिनपछि बधाई दिएका थिए।

डग्लास इम्होफ : सेकेन्ड जेन्टलम्यान

अमेरिकी राष्ट्रपति निर्वाचन : परम्परा तोड्दै रेकर्डले भरिभराउ - Bishwo  Khabar

उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग्लास इम्होफ हुन् । अमेरिकी इतिहासमा कालो तथा उनका श्रीमान् सेतो वर्ण भएको यो नै पहिलोपटक हो । अमेरिकाको माथिल्लो पदमा रहने व्यक्तिको दाम्पत्यमा यस्तो मिश्रित वर्ण कमै मात्र हुने गरेको छ। निर्वाचनमा डग्लासले श्रीमती कमलाको क्याम्पिनिङ गोप्य रूपमा गरेका थिए ।

उनले सबैजसो सामाजिक सञ्जालमा श्रीमती कमलालाई मतदान गर्न आग्रह गरेका थिए । डग्लासले मिडियासम्बन्धी कानुनी अध्ययनमा दक्षता हासिल गरेका छन् । यसैगरी, खेलकुद र मनोरञ्जनका कानुनी क्षेत्रमा उनको अनुभव राम्रो छ। कमला र डग्लासले २०१४ मा विवाह गरेका थिए।

जिल वाइडेन : फस्ट लेडी र शिक्षण पेसा

जो वाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि उनकी श्रीमती जिल वाइडेन स्वत: फस्ट लेडी बनेकी छिन् । यद्यपि फस्ट लेडी पद पाए पनि जिलले आफ्नो कर्मक्षेत्र नत्याग्ने भएकी छिन् । जिल शिक्षिका हुन् । उनले आफू अमेरिकाको फस्ट लेडी भए पनि यो पेसा त्याग्न नसक्ने बताएकी छिन् । जिलले फुल टाइम नै शिक्षण क्षेत्रमै समय बिताउने बताएकी छिन् । गत अगस्टमा जेलिले सिबिएस न्युज च्यानलमा अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘म अमेरिकी जनतालाई एक शिक्षक वा शिक्षिकाको महत्व बुझाउन चाहन्छु, मलाई थाहा छ, उनीहरूको योगदान धेरै छ ।’

न्यु मेक्सिको : सबै महिला प्रतिनिधि

US Election Results New Mexico Makes History By Becoming First State To  Elect All Women House Of Representatives | US Election Results: न्यू  मैक्सिको ने रचा इतिहास, प्रतिनिधि सभा की सभी सीटों

३ नोभेम्बरमा भएको निर्वाचनले न्यु मेक्सिको राज्यबाट पहिलोपटक प्रतिनिधित्व गर्ने सबै व्यक्ति महिला नै भएको स्पष्ट पारेको छ । डेमोक्रेटिक डेव हालान्ड, रिपब्लिकनकी भेटे हेरेल तथा डेमोक्रेटिक टेरेसा लेगर फर्नान्डेस सबै नेटिभ अमेरिकन हुन् । संघीय सरकारका प्रतिनिधिमा नयाँ कीर्तिमान यसपटकको निर्वाचनमा धेरै आश्चर्यजनक नतिजा आएको छ । निर्वाचनमा सहभागी उम्मेदवारले इतिहास बनाएका छन् । साइथिन लुमिन्स (रिपब्लिन) पहिलो योमिग्स महिला सेनेटर बनेकी छिन् । डेमोक्रेटिक किम ज्याक्सन जर्सिया राज्यबाट पहिलोपटक सेनेटर बने । कोरी बुस (डेमोक्रेटिक)की पहिलो कालो वर्णकी कंग्रेस महिला भइन् । मारिलिन स्ट्रिकल्यान्ड (डेमोक्रयाट)का पहिलो दक्षिण कोरिया-अमेरिकन महिलाका रूपमा कंग्रेसमा निर्वाचित भइन् । उनी वासिंटन राज्यबाट पहिलो कालो वर्णकी कंग्रेस प्रतिनिधिका रूपमा रहनेछिन् ।

ह्वाइट हाउसमा भित्रिंदै जर्मन सेफर्ड

Biden's German Shepherd to be 1st rescue dog in White House

ह्वाइट हाउसमा भित्रिंदै जर्मन सेफर्ड ह्वाइट हाउसमा फेरि एकपटक कुकुर फर्कने भएको छ । नवनिर्वाचित राष्ट्रपति वाइडेनले जर्मन सेफर्ड प्रजातिको दुई कुकुर पालेका छन् । राष्ट्रपतिका रूपमा वाइडेनले पहिलोपटक ह्वाइट हाउसमै जर्मन सेफर्डका लागि पेट हाउस बनाउने भएका छन् । सन् २००८ देखि ती कुकुर वाइडेनसँगै छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

सुटुक्क सर्वोच्च पुगे बालेन, अवहेलना मुद्दामा चैत १२ को तारिख

सम्बन्धित

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

गण्डकीसहित २ प्रदेशमा आज राति वर्षा र हिमपात हुने

सुनको मूल्य तोलामा तीन हजारले घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com