ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रको मनोबल बढाउँछौं : अर्थमन्त्री पौडेल


एबीसी न्यूज
कार्तिक २६, २०७७ बुधबार  ५ : ४३ बजे

काठमाडौं, २६ कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ले पारेको प्रतिकूलता न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनः उत्थान गर्न सकिने बताउनुभयो । उहाँले त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले प्रतिकूलावस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यवसाय र उद्योग चलाई अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँले बजेटमा उल्लेख गरिएका राहत र पुनरुत्थानका कार्यक्रमलाई सबैको साथ लिएर कार्यान्वयन गरिने पनि बताउनुभयो ।अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गर्नुभयो ।

चेम्बरका अध्यक्ष श्रेष्ठले क्रयशक्ति बढाई आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा व्यापार र उद्योग क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गर्नुभयो । चेम्बरले अर्थमन्त्रीलाई २२ बुँदे सुझावसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

अण्डाको मूल्य बढ्यो, अब कति पर्छ ?

सुनको भाउ एकैदिन १० हजार ४ सय बढ्यो, ३ लाख नजिक

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com