ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली संखुवासभा आउँदै : अरुण तेस्रो र किमाथांका नाका अनुगमन गर्ने


एबीसी न्यूज
कार्तिक २५, २०७७ मंगलबार  ४ : ४१ बजे

संखुवासभा, २५ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पूर्वी नेपालको चीनसंग सिमाना जोडिएको जिल्ला संखुवासभा आउने भएको छ ।

प्रधानमन्त्री ओली संखुवासभा आउने भएपछि जिल्लामा तयारी तीव्र पारिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो । उहाँको अनुसार, प्रधानमन्त्री ओली बुधबार बिहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका नाका पुग्ने कार्यक्रम तय भएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

संखुवासभाको चीनसंग नाका जोडिएको भोटखोला गाउँपालिका–१ मा पर्ने किमाथांका नाका, त्रिदेशीय (भारत, नेपाल र चीन) लिंकको रहेको राष्ट्रिय गौरवको उत्तरदक्षिण कोशी राजमार्गको अनुगमन गर्ने, त्यसपछि भोटखोला च्याम्ताङ राजमार्ग किमाथांका छिचोल्नका लागि नेपाली सेना तयार गर्दै गरेको बंकरको अनुगमन गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री ओली बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त आयोजनाको अनुगमन गर्ने मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा ड्यामसाइटमा पुग्ने प्रजिअ आचार्यले बताउनुभयो ।

बुधबार बिहान साढे ८ बजे देखि साढे ३ बजे सम्म करिब ७ घण्टा संखुवासभाको तीन ठाउँमा बसेर अनुगमन गर्ने कार्यतालिका आएको प्रजिअ आचार्यको भनाइ छ ।

प्रधानमन्त्री ओलीसंगै हेलिकप्टरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका सभापति परशुराममेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम सहित आउने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

मार्क टली र नेपाल : दक्षिण एसियाका साक्षीको नेपाली पक्षहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com