ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै धुम्बाराहीमा सचिवालय बैठक सुरु


एबीसी न्यूज
कार्तिक २५, २०७७ मंगलबार  ४ : ३४ बजे

काठमाडौँ, २५ कात्तिक ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर धुम्बाराही पुग्नुभएको छ । धुम्बाराहीमा बैठक बस्नुअघि भएको उहाँहरुको भेटमा के–के कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै औपचारिक सचिवालय बैठकमा सहभागी हुन प्रचण्ड पार्टी मुख्यालय धुम्बाराहीमा पुग्नुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।

मङ्गलबार नै स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले खुमलटार पुगेर दुई अध्यक्षले सहमति गरेर मात्रै सचिवालय बैठक डाक्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओली निकट मानिने उहाँले दुई अध्यक्षबीच छलफल गरेर एजेण्डा तय गरेर बैठक बस्नु उपयुक्त हुने प्रस्ताव गर्नुभएको हो ।नेता पोखरेलले भेट्नुभएको केहीबेरमै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । त्यसलगत्तै अध्यक्ष प्रचण्ड अहिले सचिवालय बैठकमा सहभागी हुन धुम्बाराही पुग्नुभएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बस्न सहमति जनाउन नसकेपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी मुख्यालय धुम्बाराहीमा औपचारिक सचिवालय बैठक आह्वान गरेको हो । गएको शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकले सहमतिका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई लिखित पत्रसहित भेट गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

मार्क टली र नेपाल : दक्षिण एसियाका साक्षीको नेपाली पक्षहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com