ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीयू र भेन्टिलेटरमा विरामीको चाप बढ्दै : कहाँ कति जना सूचिसहित


एबीसी न्यूज
कार्तिक २४, २०७७ सोमबार  ७ : १४ बजे

काठमाडौं, २४ कात्तिक । देश भर ८२ जना कोरोना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । आईसीयूमा राखेर ३९८ जनाको उपचार भैरहेको छ ।

आइतबार नेपालमा कोरोना संक्रमित भएर होम आइसोलेशनमा बस्नेहरुको संख्या २९ हजार १९७ छ । काठमाडौं उपत्यकामा अस्पतालहरुमा कोरोना संक्रमितको चाप निक्कै धेरै छ भने उपत्यका बाहिरका जिल्लाका अस्पताहरुमा समेत संक्रमितको संख्या बढ्दै छ । बाहिरी जिल्लाहरुमा अस्पतालमा सामान्यदेखि भेन्टिलेटरहरुको संख्या सन्तोषजनक नै छ । संस्थागत आइसोलेशन तथा भएका अस्पतालहरुमा अक्सिजन लगायत अत्यावश्यक सामाग्रीको व्यवस्थापनमा सरकारी तथा गैरसरकारी निकायले निक्कै सकृयता देखाएका छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित भएको बागमती प्रदेशको काठमाडौं, ललिलपुर र भक्तपुरमा रहेका अस्पतालहरुमा कोरोना संक्रमितको चाप अत्याधिक छ भने बाहिरी जिल्लाहरुमा रहेका अस्पतालमा चाप क्रमशः बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी काठमाडौं उपत्यकाका अस्पतालमा संक्रमितको चाप बढिरहेको बताउनुहुन्छ ।

जुन जिल्लामा सकृय संक्रमितहरुको सख्या पाँच सयभन्दा धेरै छ त्यो जिल्लामा रहेका अस्पतालहरुमा बिरामीको चाप छ । धेरै संक्रमित भएको जिल्लामा होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बस्नेहरुको संख्या समेत धेरै रहेकाले आईसीय तथा भेन्टिेलेटरमा राखेर उपचार गर्नुपर्ने र अक्सिजन दिनुपर्ने बिरामी मात्रै अस्पताल आउनुभएको छ ।

नेपालमा ३५ हजार ४१९ आइसोलेशनमा रहेकोमध्ये २९ हजार १९७ जना होम आइसोलेशनमै हुनुहुन्छ । काठमाडौं उपत्यकामा काठमाडौमा ११ हजार ६३८ जना होमआइसोलेशनमा हुनुहुन्छ । त्यस्तै, काठमाडौमा ५६ हजार २७३ जनाले कोरोनालाई परास्त गर्नुभएको छ । काठमाडौमा कोरोनाको कारण २७२ जनाको मृत्यु भैसकेको छ । ललितपुरमा होम आइसोलेशनमा एक हजार ८०३ जना हुनुहुन्छ । भक्तपुर होम आइसोलेशनमा एक हजार ७५२ जना हुनुहुन्छ ।

अहिले नेपालका झापा,मोरङ,सुनसरी,काठमाडौै, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा सकृय सक्रमितको संख्या पाँच सयभन्दा धेरै छ । त्यस जिल्लामा रहेका अस्पतालहरुमा संक्रमितको चाप छ । अरु धेरै जिल्लामा सामान्य बेडमा राखेर र होम आइसोलेशनमा राखिएर संक्रमितको उपचार भैरहेको छ ।

आइतबार साँझसम्म नेपालमा २९ हजार १९७ जना कोरोना संक्रमित होम आइसोलेशनमा छन् । त्योमध्ये प्रदेश नं १ मा चार हजार ५९८, प्रदेश २ मा ९८५, बागमती प्रदेशमा अठार हजार ८६८, गण्डकी प्रदेशमा एक हजार ७१०, लुम्बिनी प्रदेशमा दुई हजार ७५, कर्णाली प्रदेशमा ३०७ र सुदुरपश्चिम प्रदेशमा ६५४ जना संक्रमित होम आइसोलेशनमा छन् ।

पछिल्लो समय अस्पतालमा जानेभन्दा पनि घरमै आइसोलशन बनाएर बस्नेहरुको संख्या बढेको मन्त्रालयले जनाएको छ । सातवटै प्रदेशमा आईसीयमा रहेर उपचार गराउने संक्रमितको संख्या ३९८ छ । त्योमध्ये सबैभन्दा धेरै आइसीयूमा राखेर उपचार बागमती प्रदेशमा भैरहेको छ । यो प्रदेशमा १८० जनाको आइसीयूमा राखेर उपचार भैरहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा पाँच जना संक्रमितको आईसीयमा राखेर उपचार भैरहेको छ । भेन्टिलेटरमा राखेर उपचार गराउने संक्रमितको सख्या ८२ रहेकोमा बागमती प्रदेशको संख्यामात्रै ४१ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

मार्क टली र नेपाल : दक्षिण एसियाका साक्षीको नेपाली पक्षहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com