ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म यस्तो राष्ट्रपति हुने वाचा गर्दछु कि जसले तोड्नुको साटो जोड्ने काम गर्नेर्छु – बाइडेन


एबीसी न्यूज

अमेरिका, २३ कात्तिक । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले तोड्ने होइन, एकअर्कालाई जोड्ने काम गर्ने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनमा बाइडेनले भने – ‘मप्रति भरोसा देखाईएकोमा म धेरै खुसी छु। म यस्तो राष्ट्रपति हुने वाचा गर्दछु कि जसले तोड्नुको साटो जोड्ने काम गर्ने छ। जसले रातो र निलो रंगका राज्यहरु होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । म तपाईंहरू सबैको विश्वास जित्नको लागि हृदयबाटै प्रयास गर्नेछु।’

बाइडेनले विशेष गरी अफ्रिकी अमेरिकी मतदाताहरूलाई धन्यवाद दिए । जसले मद्दतले सुरुवाती प्रतिस्पर्धामा पछाडि रहेका उनलाई सहयोग मिल्यो ।

बाइडेनले आफ्नो पहिलो काम कोरोना भाइरस महामारी नियन्त्रण गर्नु रहेको बताए । उनले सोमबार एउटा समूह घोषणा गर्ने, जसमा शीर्ष वैज्ञानिकहरू र विज्ञहरूले आफूहरुको महामारी नियन्त्रण योजनामा ​​काम गर्ने बताए । यो योजना जनवरी २१, २०२० देखि लागू हुनेछ।

यो विजय अमेरिकी जनाताको भएको र आफूले अहिलेसम्म कसैले प्राप्त नगरेको झण्डै साढे ७ करोड भोट प्राप्त गरेको बाइडेनले बताए ।

बाइडेनले ट्रम्प समर्थकहरूलाई सम्बोधन गरे। उनले अब अब तीतो कथनबाट टाढा रहने समय आएको बताए । एक अर्कासँग फेरि भेट्ने र सुन्ने समय आएको उनले बताए । प्रतिद्वन्द्वीलाई शत्रुको रूपमा व्यवहार गर्न रोक्नुपर्ने र आफूलाई मत नदिनेहरुका लागि पनि आफूले उत्ति नै मिहिनेतका साथ काम गर्ने बाइडेनले बताए ।

अमेरिकाको पहिलो महिला उप राष्ट्रपति भए पनि अन्तिम नहुने– कमला

कमला ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेकाले उनको भाषण मुख्यतया ऐतिहासिक रह्यो । कमलाले अमेरिकाको पहिलो महिला उप राष्ट्रपति भए पनि अन्तिम नहुने बताइन् । आफ्नो जीतले देश भरका महिलामा कुनै कुरा असम्भव नभएको सन्देश दिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com