ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्जिया र पेन्सिलभेनियामा बाइडेनको अग्रता कायमै, भोटको अन्तर बढ्दो


एबीसी न्यूज
कार्तिक २२, २०७७ शनिबार  ७ : २२ बजे

अमेरिका, २२ कात्तिक । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले मतगणना परिणाममा अग्रता लिएका छन्। जर्जिया र पेन्सिलभेनियामा राष्ट्रपति उम्मेदबार जो बाइडेनको अग्रता कायमै रहेको छ । जर्जियामा बाइडेनले अर्का उम्मेदबार डोनाल्ड ट्रम्पलाई शुन्य दशमलव १ प्रतिशतले उछिनेका छन् । भोटको अन्तर ४ हजार १ सय २४ पुगेको छ । जर्जियामा सेनाका सदस्यहरुले हुलाकमार्फत पठाएका मतपत्रहरु गणना गर्न बाँकी रहेको छ ।

त्यस्तै पेन्सिलभेनियामा १७ हजार ३ भोटले बाइडेनले अग्रता कायम गरिरहेका छन् । दुई उम्मेदबारबीचको भोटको अन्तर शुन्य दशमलव २ प्रतिशतमात्र रहेको छ । पेन्सिलभेनियामा झण्डै १ लाख अस्थायी मतपत्रहरु प्रमाणिकरण गरेर गणना गर्न बाँकी रहेको छ । मतदाताको योग्यतामा प्रश्नचिन्ह खडा भएको अवस्थामा यस्ता अस्थायी मतपत्रहरुमार्फत मतदान गरिन्छ ।

उदाहरणका लागि मतदाताले आफ्नो परिचयपत्र ल्याउन बिर्सेको खण्डमा वा मतदाता सुचीमा नाम नदेखिएको खण्डमा यस्ता अस्थायी मतपत्रमार्फत मतदान गर्न सकिन्छ । त्यस्ता मतदाताहरुको योग्यता निर्वाचन अधिकारीहरुले पुष्टी गरेपछिमात्र त्यस्ता मतहरु गणना गरिन्छ । विभिन्न राज्यहरुले त्यस्ता अस्थायी मतपत्रहरु भिन्न भिन्न तरिकाले टुंगो लगाउने गर्छन् ।

राज्यको कानुन अनुशार पेन्सिलभेनियामा त्यस्ता मतपत्रहरु न्युयोर्क समय अनुशार आज बेलुका ५ बजेपछिमात्र गणना गर्न सकिने भएकाले ती मतपत्रहरुको गणना सुरु गरिएको छ । ती मतपत्रहरु गणना नगर्दासम्म पेन्सिलभेनियामा विजेता घोषणा नगरिने भएको छ । त्यस्ता मतपत्रहरु प्रमाणिकरण गर्न समय लाग्ने भएकाले गणना गर्न समय लाग्नेछ ।

त्यस्तै जर्जियामा प्राविधिक समस्याका आएका कारण प्रणालीमा मतगणनाको नतिजा अपलोड गर्नमा समस्या उत्पन्न भएको छ । ग्वीनेट काउन्टीका झण्डै ४ हजार मत गणना गरेर परिणाम विहान ८ बजेसम्म अपलोड गर्ने योजना रहेपनि न्युयोर्क समय अनुशार बेलुका ५ बजेमात्र अपलोड गर्न सम्भव भएको छ ।

ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनिया र जर्जियामा डेमोक्रेटिक राष्ट्रपति उम्मेदबार जो बाइडेनले अग्रता कायम गरेसँगै ह्वाइट हाउस प्रवेशका लागि बाटो फराकिलो भएको छ । दुईमध्ये एउटामात्र राज्य जितेपनि बाइडेन ह्वाइटहाउस प्रवेश गर्नेछन् ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका छन् । तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

जर्जियामा बाइडेनले जितेको खण्डमा राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेशको बाटो खुल्नेछ । जर्जिया नजितेको खण्डमा राष्ट्रपतिमा निर्वाचित हुन बाइडेनलाई नर्थ क्यारोलिना, पेन्सिलभेनिया र नेभाडामध्ये एउटा राज्य जित्नुपर्छ ।

त्यस्तै ट्रम्पले राष्ट्रपति चुनाव जित्नका लागि नेभाडासहित पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया समेत जित्नुपर्छ । अलास्कामा भने रिपब्लिकनको पकड भएकाले ट्रम्पलाई जीत्न खास गाह्रो छैन । तर नेभाडा सन् २०१६ मा हिलारी क्लिन्टनले जितेको राज्य हो ।

अमेरिकी राष्ट्रपति चुनावको अन्तिम विजेता घोषणा गर्न अझै कति समय लाग्ला ? 

अमेरिकी राष्ट्रपति चुनावको औपचारिक रुपमै अन्तिम विजेता घोषणा गर्न अझै केही दिन, हप्ता वा महिना समेत लाग्नसक्छ । आगामी अवस्था कस्तो हुन्छ भन्ने कुराले समेत यसको निर्धारण गर्नेछ ।

अमेरिकी राष्ट्रपति चुनाव अमेरिकाभरबाट प्राप्त हुने कुल पपुलर मतका आधारमा निर्धारण हुँदैन । बरु विजेता हुनका लागि आफूले जितेका राज्यहरुबाट इलेक्टोरल कलेज मत संकलन गरेर कम्तीमा २७० पुराउनुपर्छ । हरेक राज्यमा फरक फरक इलेक्टोरल कलेज मतसंख्या रहेको हुन्छ भने कुल मतसंख्या ५३८ रहेको छ ।

अधिकांश राज्यमा औपचारिक रुपमा घोषणा नगरिएको भएतापनि चुनावी परिणाम स्पष्ट भइसकेको छ । अमेरिकन मुख्य संचारमाध्यमले मतगणनाको परिणाम, गणना हुन बाँकी मत लगायतका कैयन तत्वहरु हेरेर उम्मेदबारका लागि विजयी राज्यहरुको घोषणा गर्छन् ।

यसपटकको चुनावमा फक्स न्युज र एसोसिएट प्रेसले एरिजोनामा जो बाइडेनलाई विजेता घोषित गरे भने सीएनएन, न्युयोर्क टाइम्स लगाउतले एरिजोनामा अझै विजेता घोषणा गरेका छैनन् । यसरी गरिने प्रोजेक्सनहरु प्राय शतप्रतिशत सत्य नै हुन्छन् । सन् २०१६ को चुनावमा चुनाव भएकै राती साढे २ बजे ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा विजेता घोषणा गरिएको थियो ।

यसपटक कोरोनाको महामारीका कारण कुल मतदानको ६८ प्रतिशतभन्दा धेरै अग्रिम र हुलाकमार्फत मतपत्र पठाएर मतदान गरियो । व्यक्ति उपस्थीत भएर गरिएका अग्रिम मतदानको नतिजा छिटो निकाल्न सम्भव हुने भएपनि हुलाकबाट मतपत्र पठाएर गरिएका मतदानको नतिजा निकाल्नमा समय लागिरहेको छ ।

हुलाकबाट प्राप्त मतपत्रमा सुरुमा खाम खोलेर सुरुमा साक्षी र मतदाताको हस्ताक्षर भए नभएको चेक गर्नुपर्छ । त्यसपछि ठेगाना चेक गर्नुका साथै उक्त मतदाताले चुनावको दिन वा अग्रिम मतदानमा पनि उपस्थीत भएर मतदान गरे नगरेको चेक गर्नुपर्छ । त्यसपछिमात्र योग्य मतपत्रलाई स्क्यान मेसिनमा हालेर गणना गरिन्छ । यो सबै गर्दा झन्झटिलो भएकाले हुलाकबाट प्राप्त मतहरु गणनामा लामो समय लागेको हो ।

अहिलेसम्म ५ वटा राज्यहरुमा विजेता घोषणा गर्न बाँकी रहेको छ । अलास्का, जर्जिया, नेभाडा, नर्थ क्यारोलिना र पेन्सिलभेनियामा विजेता घोषणा गर्न बाँकी रहेको हो । अलास्काको अन्तिम परिणाम आउन सप्ताहन्त कुनुपर्ने हुनसक्छ । त्यहाँ ट्रम्पले लिड गरिरहेका छन् ।

नेभाडामा पनि बाइडेनले लिड गरिरहेका छन् । नेभाडामा नोभेम्बर १० सम्म हुलाकबाट प्राप्त मतहरु गणना गर्नुपर्नेछ । जसको अर्थ यो सप्ताहन्तभर त्यहाँ मतगणना हुनेछ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतहरु गणना गर्नुपर्नेछ । पेन्सिलभेनियामा पनि आजसम्म हुलाकबाट प्राप्त मतहरु गणना गर्नुपर्नेछ ।

अमेरिकाका झण्डै आधाजति राज्यहरुले नोभेम्बर ३ को पोष्टमार्क गरेर पठाइएका तर नोभेम्बर ३ पछि पनि हुलाकबाट प्राप्त भएका मतहरु गणना गर्छन् । कतिपयले हुलाकमार्फत मतपत्र मगाएपनि अग्रिम मतदानमा समेत सहभागी भएर अस्थायी मतदान समेत गरेका छन् । यस्ता मतहरु गणना गर्दा एउटै मत दुईपटक गणना नहुने सुनिश्चित गर्न सावधानी अपनाउनुपर्छ ।

सन् २००० को चुनावमा फ्लोरिडामा एल गोरले झण्डै ५ सय मतलेमात्र चुनाव हारे । त्यहाँ झण्डै ६० लाखले मतदान गरेका थिए । पछि यो मामला सर्वोच्च अदालतसम्म पुगेपछि अदालतले जर्ज डब्लु बुसलाई विजेता घोषणा गरेको थियो । यसपटकको चुनावमा पनि ३ सय भन्दा बढी मुद्दा दर्ता भइसकेका छन् । मुद्दा मामलाका कारण कतिपय राज्यमा विजेता घोषण गर्नमा लामो समय पनि लाग्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

मार्क टली र नेपाल : दक्षिण एसियाका साक्षीको नेपाली पक्षहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com